काठमाडौँ– एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तोडफोड भएको पसलमा सरकारको चासो देखिएको छ।
आइतबार एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बुद्धनगरकी जानकी श्रेष्ठको कपडा पसलमा क्षति पुगेको थियो।
प्रदर्शनकारीहरुले पाँच जना प्रहरीलाई घेरा हालेर ढुंगामुढा हान्ने क्रममा श्रेष्ठको पसलमा क्षति पुगेको थियो।
प्रहरीलाई बचाउने क्रममा पसलमा क्षति पुगेपछि सरकारले चासो देखाएको हो।
मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी ब्याबसायी श्रेष्ठको पसल पुगेकाथिए।
अनुगमनका क्रममा उनीहरुले पसलमा भएको क्षतिको विवरण संकलन गर्नुका साथै उचित क्षतिपूर्ति दिनका लागि गृह मन्त्रालयलाई आग्रह गर्नेसमेत आश्वासन दिएका छन्।
यसअघि मंगलबारै काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी नेतृत्वको टोली पनि श्रेष्ठको पसलमा पुगेर क्षति विवरण लिएको थियो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…