धनगढीः सामाजिक सञ्जालमा अचेल प्राय सबै सक्रिय हुन्छन्। त्यसमाथि फेसबुक र टिकटकमा त केटाकेटी, युवायुवतीदेखि बुढापाका सम्मका सबै उमेर समूहका मान्छेहरु सक्रिय भइरहेका छन्। पछिल्लो समयमा फेसबुक र टिकटक नचलाउने सायदै भेटिएलान्। फेसबुकले गर्दा कयौ राम्रा सन्देशमुलक कामहरु पनि हुने गरेका छन्।
एक अर्कासँग सहजै वार्तालाप लगायतका थुप्रै यसका बिशेषता छन्। तर, पछिल्लो समयमा यसको दुरुपयोग पनि उत्तिकै बढिरहेको पाइएको छ।
पछिल्लो समयको नेपाली समाजमा फेसबुकबाटै ठुला तथा साना अपराधिक काम तथा गैरकानूनी धन्दाहरु समेत मौलाइरहेका छन्। यसैबेला जिल्ला प्रशासन कार्यालय अछामको आधिकारिक फेसबुक अकाउन्ट विवादित बनेको छ। पछिल्लो समयकी चर्चित कलाकार गायिका रचना रिमाललाई लभ यु भनेपछि उक्क अकाउन्ट विवादित बनेको हो।
यसअघि पनि जिल्ला प्रशासन कार्यालय अछामको आधिकारिक फेसबुक अकाउन्ट विवादित नबनेको भने होइन। बेलाबखतमा चर्चा र विवादमा आइरहने उक्त फेसबुक अकाउन्टको चर्चा पुनः एकपटक चुलिएको छ। फेसबुकमा जिल्ला प्रशासन कार्यालय, सिडिओ लगायतका कर्मचारीको चौतर्फी आलोचना भैरहेको छ।
गायिका रिमालको फेसबुक लाइभमा प्रशासन कार्यालयको अकाउन्टबाट लभ यु भनेर कमेन्ट गरिएपछि आलोचना सुरु भएको हो।
रिमालले फागुन १ गते हजुर मुसुक्कै बोलको गीत सार्वजनिक भएकोबारे जानकारी गराउदै फेसबुक लाइभमा आइरहँदा जिल्ला प्रशासन कार्यालय अछामको आइडीबाट यस्तो कमेन्ट गरिएको थियो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…