बेलायतले लगायो रुसी बैँकहरुमाथि प्रतिबन्ध, अझ कडा कदमको चेतावनी

काठमाडौँ–  बेलायतले पाँच रुसी बैँकहरुमाथि प्रतिबन्ध लगाएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतले अन्तिम समयसम्म पनिकूटनीतिक समाधान खोज्ने तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगाडि बढ्दै गए भने अन्य सम्भावनाहरुमाथि विचार गर्नुपर्ने बताएका छन्।

युक्रेनका राष्ट्रपति जेलेनस्कीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री जोन्सनले दिएका छन्।

बेलायत यसका समर्थक राष्ट्रहरुले निरन्तर रुपमा रुसमाथि प्रतिबन्ध लगाउने बिबिसीले उल्लेख गरेको छ।

प्रधानमन्त्री जोन्सनले पाँच रुसी बैँकहरुमाथि प्रतिबन्ध लगाएलगत्तै अझ कडा कदम चाल्ने चेतावनी दिएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दक्षिणपूर्वी क्षेत्र लुहान्स्क डोनेट्स्कलाईलुहान्स्क एण्ड डोनेट्स्क पिपुल्स रिपब्लिकका रुपमाघोषणा गरी त्यहाँका बिद्रोहीलाई औपचारिक मान्यता प्रदान गरेपछि बेलायतसहित पश्चिमा राष्ट्रहरु ऊसँग चिढिएका हुन्।

त्यससँगै बिद्रोहीसँग भएको सन्धि अनुसारशान्ति स्थापनाका लागि भन्दै रुसी सैनिक युक्रेनी क्षेत्रमा तैनाथ गर्न आदेश पनि पुटिनले दिएका छन् सो आदेश अनुसार डोनेट्स्क लुहान्स्कमा रुसी सैनिक प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago