नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग

जनकपुर: लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गरेका छन् ।

मंगलबार जनकपुरमा पत्रकार सम्मेलनगरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। लाल राष्ट्रियसभाका पुर्वसदस्य हुन् भने डा. सिंह संविधानसभा सदस्य हुन् ।

मधेश केन्द्रित दलहरुले मधेशको एजेन्डा नै छाडेकाले मधेशी जनताको हितका लागि सो पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टीमा समाहित भएको दुवै नेताले बताए ।

नेता लालले नेतृत्व पंक्ति मधेस केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेको र लोकतन्त्रवादी मधेशी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको आरोप लगाए।

उनले आफ्नो भूमि, इतिहास, भाषा, संस्कृति र जीवनशैली बोकेको मधेश राष्ट्रलाई जात र सम्बन्धवादमा विभाजित गरि सिमित गर्न खोजिएको आरोप लगाए ।

नेता लालले मधेशी जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघियताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेस एजेण्डाप्रति प्रतिबद्ध राजनीतिक दलको आजको आवश्यकता भएकाले हामी आबद्ध रहेको आ–आफनो दलहरु आजैको मितिबाट परित्याग गरि तराई मधेस लोकतान्त्रिक पार्टीमा समाहित भएको जानकारी गराए ।

डा. सिंहले मधेशी जन विद्रोहबाट जन्मेका शक्तिहरु विस्तारै मधेश शब्दबाट बिमुख हुँदै गएको बताए। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर नेताहरू तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ब्युँताउने अन्तिम तयारीमा जुटेका छन् ।

आन्तरिक द्वन्द्वबाट जुधिरहेकै बेला लोसपाका शीर्ष नेताहरू तमलोपालाई सक्रिय बनाउने अभियानमा जुटेका हुन् ।

जसपाभित्र विवाद चलिरहेकै बेला निर्वाचन आयोगमा तमलोपा दर्ता भएको थियो । धनुषाका रविशंकरलाल कर्णको नेतृत्वमा तमलोपा दर्ता भएको हो । कर्ण नेता लालनिकट मानिन्छन् । मधेस आन्दोलनको सुरूवातसँगै तमलोपाहुँदै लोसपासम्म आइपुग्दा पार्टीले आन्दोलनकारीहरूलाई अवमूल्यन गरेको असन्तुष्ट बनेका नेताहरूले आरोप लगाउँदै आइरहेका छन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago