काठमाडौँ: सरकारले चोभार भूतखेल गाविसलाई भन्सार क्षेत्र घोषणा गरेको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर सुक्खा बन्दरगाह रहेको उक्त क्षेत्रलाई भन्सार क्षेत्र तोकेको हो ।

‘भन्सार ऐन २०६४ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी चोभार भूतखेल गाविस हाल कीर्तिपुर नगरपालिका-६ स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय, चोभारले ओगटेको चार किल्लाभित्रको क्षेत्रलाई भन्सार क्षेत्र तोकिएको छ,’ सोमबार प्रकाशित सूचनामा भनिएको छ ।
सूचनाअनुसार पूर्व दिशामा बागमती नदी मसानघाटदेखि दक्षिणमा शिल खोल्सी बागमती नदीमा मिसिएको बिन्दुभित्रको क्षेत्र तोकिएको छ । त्यस्तै, पश्चिममा माथिल्लो गुठ बस्तीसँग जोडिएको बल्खु दक्षिणकाली सडकमा मसानघाट जानेबाटो जोडिएको विन्दुदेखी दक्षिणतर्फ तल्लो गुठ बस्तीसँग जोडिएको गोरेटो बाटो दक्षिणमा शिल खोल्सीभित्रको क्षेत्र, उत्तरमा बल्खु दक्षिणकाली सडकबाट पूर्वतर्फ मसानघाटा जाने बाटो बागमती नदी जोडिएको बिन्दुसम्म र सोबाटोसँग जोडिएको खोल्सी (हिमाल सिमेन्ट खोल्सी) लाई भन्सार क्षेत्र तोकिएको छ ।

दक्षिणमा बल्खु दक्षिणकाली सडकबाट पूर्वतर्फ शिल खोल्सी शुरु भएको विन्दुदेखी शिल खोल्सी बागमती नदीमा मिसिएको विन्दुभित्रको क्षेत्रलाई तोकेको सूचनामा उल्लेख छ । ‘सरकारले भन्सार क्षेत्र तोकिसकेको छ,’ नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘अब कार्यविधी बनेर भन्सार बसेपछि बन्दरगाह उद्घाटन हुन्छ ।’ यस विषयमा भन्सारका कर्मचारीहरूसँग नियमित छलफल भइरहेको उनले बताए ।

२०७५ असारमा शिलान्यास भएको बन्दरगाह २०७८ असारमा सम्पन्न भइसकेको छ । समितिका अनुसार भन्सार, क्वारेन्टिन र सुरक्षा निकायको कार्यालय तयार भइसकेको छ । तर, भन्सार कार्यालय नगएपछि बन्दरगाह सञ्चालनमा ढिलाई भएको हो ।

बन्द हिमाल सिमेन्टको जग्गामा सुक्खा बन्दरगाहका लागि विश्व बैंकसँग जुन ११, २०१३ मा सम्झौता गरे पनि शिलान्यास र निर्माणमा ढिलाई भएको थियो । समितिका अनुसार बन्दरगाहा शिलान्यास भएको डेढ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने लक्ष्य थियो । तर, स्थानीयको अवरोध, कोरोना महामारीलगायतका कारण ढिलाई भएको थियो । अहिले निर्माण सम्पन्न भए पनि भन्सार नबस्दा सञ्चालनमा ढिलाई भइरहेको हो । बन्दरगाह सञ्चालन हुँदा साना तथा मझौला किसिमका विभिन्न व्यापारिक अवसरहरू सिर्जना गर्ने, स्थानीयवासीहरूलाई विभिन्न किसिमका रोजगारीका अवसरहरू सिर्जना हुनेछन् ।

फास्ट ट्रयाक, बाहिरी चक्रपथ लगायतका आयोजनाहरूसँग जोडिने हुनाले उक्त क्षेत्र व्यापारिक हबको रूपमा विकसित हुने समितिको दाबी छ । बन्दरगाहले व्यापारिक लागत घट्न गई उपभोग्य वस्तुको मूल्य घट्ने र देशको आर्थिक उन्नती हुने, निकासी तथा पैठारी प्रवद्र्धन हुने जनाइएको छ ।

सुक्खा बन्दरगाहको क्षेत्रफल २ सय ६० रोपनी हो । बन्दरगाहमा ३ सय ५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्र, कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली लगायत सुविधा हुने जनाइएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago