काठमाडौँ: सरकारले चोभार भूतखेल गाविसलाई भन्सार क्षेत्र घोषणा गरेको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर सुक्खा बन्दरगाह रहेको उक्त क्षेत्रलाई भन्सार क्षेत्र तोकेको हो ।

‘भन्सार ऐन २०६४ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी चोभार भूतखेल गाविस हाल कीर्तिपुर नगरपालिका-६ स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय, चोभारले ओगटेको चार किल्लाभित्रको क्षेत्रलाई भन्सार क्षेत्र तोकिएको छ,’ सोमबार प्रकाशित सूचनामा भनिएको छ ।
सूचनाअनुसार पूर्व दिशामा बागमती नदी मसानघाटदेखि दक्षिणमा शिल खोल्सी बागमती नदीमा मिसिएको बिन्दुभित्रको क्षेत्र तोकिएको छ । त्यस्तै, पश्चिममा माथिल्लो गुठ बस्तीसँग जोडिएको बल्खु दक्षिणकाली सडकमा मसानघाट जानेबाटो जोडिएको विन्दुदेखी दक्षिणतर्फ तल्लो गुठ बस्तीसँग जोडिएको गोरेटो बाटो दक्षिणमा शिल खोल्सीभित्रको क्षेत्र, उत्तरमा बल्खु दक्षिणकाली सडकबाट पूर्वतर्फ मसानघाटा जाने बाटो बागमती नदी जोडिएको बिन्दुसम्म र सोबाटोसँग जोडिएको खोल्सी (हिमाल सिमेन्ट खोल्सी) लाई भन्सार क्षेत्र तोकिएको छ ।

दक्षिणमा बल्खु दक्षिणकाली सडकबाट पूर्वतर्फ शिल खोल्सी शुरु भएको विन्दुदेखी शिल खोल्सी बागमती नदीमा मिसिएको विन्दुभित्रको क्षेत्रलाई तोकेको सूचनामा उल्लेख छ । ‘सरकारले भन्सार क्षेत्र तोकिसकेको छ,’ नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘अब कार्यविधी बनेर भन्सार बसेपछि बन्दरगाह उद्घाटन हुन्छ ।’ यस विषयमा भन्सारका कर्मचारीहरूसँग नियमित छलफल भइरहेको उनले बताए ।

२०७५ असारमा शिलान्यास भएको बन्दरगाह २०७८ असारमा सम्पन्न भइसकेको छ । समितिका अनुसार भन्सार, क्वारेन्टिन र सुरक्षा निकायको कार्यालय तयार भइसकेको छ । तर, भन्सार कार्यालय नगएपछि बन्दरगाह सञ्चालनमा ढिलाई भएको हो ।

बन्द हिमाल सिमेन्टको जग्गामा सुक्खा बन्दरगाहका लागि विश्व बैंकसँग जुन ११, २०१३ मा सम्झौता गरे पनि शिलान्यास र निर्माणमा ढिलाई भएको थियो । समितिका अनुसार बन्दरगाहा शिलान्यास भएको डेढ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने लक्ष्य थियो । तर, स्थानीयको अवरोध, कोरोना महामारीलगायतका कारण ढिलाई भएको थियो । अहिले निर्माण सम्पन्न भए पनि भन्सार नबस्दा सञ्चालनमा ढिलाई भइरहेको हो । बन्दरगाह सञ्चालन हुँदा साना तथा मझौला किसिमका विभिन्न व्यापारिक अवसरहरू सिर्जना गर्ने, स्थानीयवासीहरूलाई विभिन्न किसिमका रोजगारीका अवसरहरू सिर्जना हुनेछन् ।

फास्ट ट्रयाक, बाहिरी चक्रपथ लगायतका आयोजनाहरूसँग जोडिने हुनाले उक्त क्षेत्र व्यापारिक हबको रूपमा विकसित हुने समितिको दाबी छ । बन्दरगाहले व्यापारिक लागत घट्न गई उपभोग्य वस्तुको मूल्य घट्ने र देशको आर्थिक उन्नती हुने, निकासी तथा पैठारी प्रवद्र्धन हुने जनाइएको छ ।

सुक्खा बन्दरगाहको क्षेत्रफल २ सय ६० रोपनी हो । बन्दरगाहमा ३ सय ५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्र, कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली लगायत सुविधा हुने जनाइएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago