नेपाललाई यूएईको ठूलो लक्ष्य

काठमाडौँ: नेपालले मंगलबार ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईविरूद्धको खेल जित्न १ सय ७६ रनको लक्ष्य पाएको छ । यूएईले ओमानको मस्कटमा टस जितेर ब्याटिङ रोज्दै ७ विकेट गुमाई १ सय ७५ रन बनायो ।

युएईबाट मोहम्मद वासिमले सर्वाधिक ७० रन बनाए । उनले ४८ बल खेली समान ४ चौका र छक्का प्रहार गरे । भृत्या आनन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ४६ रन बनाए ।
विश्वकपमा पुग्न जित्नै पर्ने खेलमा नेपालबाट जितेन्द्र मुखिया र अविनाश बोहराले ३–३ विकेट लिए । जितेन्द्रले ३ ओभरमा ३५ र अविनाशले ४ ओभरमा ४६ रन खर्चे ।

जितेन्द्रले चिराग सुरीलाई ४ रनमा बोल्ड गरि नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर अरविन्द र वासिमले आक्रामक खेल्दै युएईलाई राम्रो स्कोरमा उभ्याए । यी दुई सबै नेपाली बलरमाथि हावी भएका थिए । कप्तान सन्दीप लामिछानेले कसि कसाउ बलिङ गरि नेपाललाई खेलमा फर्काए । सन्दीपले ४ ओभरमा २४ रन खर्चे ।

नेपाल टोलीमा कुशल मल्लको स्थानमा अर्का अलराउन्डर विवेक यादवलाई राखिएको छ । क्यानडाविरूद्ध अघिल्लो दिनको खेलमा कुशल आफुले सामना गरेको पहिलो बलमा बोल्ड भएका थिए ।

यस खेलमा जित्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० कपमा पुग्ने छ । दुबै टोली ८ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्ने दाउमा छन् ।

नेपाल र यूएई दुबैले पछिल्लो पटक २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेका थिए । त्यसयता दुबै टोली पहिलो पटक ट्वान्टी–२० विश्वकप पुग्ने प्रयासमा छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago