शनिबार उद्धार गरिएको चितुवालाई औषधोपचारसहित हेरचाह गरिदै !

बागलुङ: बागलुङ नगरपालिका–३ पाखाथरबाट बिरामी अवस्थामा शनिबार उद्धार गरिएको चितुवालाई औषधोपचारसहित हेरचाहमा राखिएको छ ।

अन्दाजी डेढ वर्षको उक्त चितुवा सिकिस्त भई डिभिजन वन कार्यालयको खोरमा लडिरहेको छ । सहायक वन अधिकृत मदन कँडेलले चितुवाको स्वास्थ्य स्थिति सुरुको तुलनामा सुधार हुँदै गएको बताए । पशु चिकित्सक प्रियङ्का भण्डारीसहितको प्राविधिक टोलीले सोमबार चितुवाको प्राथमिक उपचार गरेका थिए । “उपचारले निको हुन्छ कि आशा छ हेरौँ, हाम्रो प्रयास अन्तिमसम्म बचाउनेमा हुन्छ,” उनले भने ।

शरीरमा कुनै ठूलो चोट नदेखिए पनि चितुवाको घाँटीदेखि माथिको भाग चलेको छैन । जसले गर्दा चितुवाले केही खान सकेको छैन । औषधि पनि सुइबाट दिइएको छ । सोमबारदेखि बल्लतल्ल पानीसम्म खान थालेको जनाइएको छ ।

चितुवाको टाउँकोमा मानिसले कुनै वस्तुले हिर्काएको या कतै खोरमा च्यापिएको हुनसक्ने चिकित्सकको अनुमान छ । बिरामी भई अचेत अवस्थामा बाटोमा भेटिएपछि स्थानीयवासीले उद्धारका लागि कार्यालयलाई खबर गरेका थिए । उपचारले निको भएमा चितुवा आफ्नै बासस्थानमा फर्कनेछ । आहाराको खोजीमा बस्तीतिर छिर्दा चितुवा र मानिसबीच द्वन्द्व बढ्ने गर्छ । घरपालुवा पशुपंक्षीदेखि मानिसमाथि नै चितुवाले हिंस्रक व्यवहार देखाउने गर्छ । त्यसबाट जोगिन मानिसले चितुवालाई पनि निसाना बनाउँछन् ।

त्यसको किसिमको अवस्था आउन नदिन वन्यजन्तु–मानवबीचको द्वन्द्व घटाउने उपायहरुको खोजी गर्नुपर्ने सहायक वन अधिकृत कँडेलले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago