भक्तपुर: प्रहरीले अवैध कल सेन्टर संचालन गर्ने एक चिनियाँसहित ८० पक्राउ गरेका छ । चिनियाँ नागरिक वाग्जिनाउसहित नेपाली युवायुवती पक्राउ परेका हुन् ।
वाग्जिनाउ केही समयदेखि सन सिटी अपार्टमेन्टमा बस्दै आइरहेका थिए । उनले अपार्टमेन्टबाटै कल सेन्टर संचालन गर्ने गरेकाे पाइएकाे हाे। प्रहरीकाअनुसार भारतीय मुलका युवायुवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत सानो सानो मात्रामा ऋण लगानी गरी उक्त ऋणको निश्चित ब्याज सहित तोकिएको समय भित्र उठाउन ऋणीहरुलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने गरेका थिए । ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य सञ्चालन गर्न नेपाली युवा युवतीहरु प्रयोग गर्ने गरेकाे पाइएकाे महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।
कल सेन्टर सञ्चालन गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा सानोठिमी स्थित उक्त कार्य हुने घरमा छापा मार्दा ३ तले घर भाडामा लिई उक्त कार्य संचालन गरिरहेकाहरु पक्राउ गरिएकाे परिसरका डिएसपी राजु पाण्डेले जानकारी दिए।
कल सेन्टर सञ्चालन गर्न प्रयोग भएका उपकरणहरुसमेत बरामद गरिएके उनके भनाइ छ । उनले डेस्कटप कम्प्युटर १४ थान, ल्याप्टप ४८ थान र आइप्याड २ थान समेत नियन्त्रणमा लिईएको बताए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…