काठमाडौं: चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो साता महिनामा विभिन्न देशबाट नेपालमा ४० लाखभन्दा बढी मोबाइल सेट भित्रिएको पाइएको छ । ती मोबाइल सेट खरिद गर्नको लागि नेपालबाट २८ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको विवरण अनुसार २०७८ साउदेखि माघ मसान्तसम्मको अवधिमा नेपालमा ४० लाख ५ हजार ८०४ थान मोबाइल सेट भित्रिएको छ ।

सोही अवधिमा ती मोबाइल सेट खरिद गर्न नेपालबाट २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँ बाहिरिएको छ । मोबाइल सेटको आयातबाट नेपाल सरकारले ४ अर्ब ४९ करोड ११ लाख ९४ हजार रुपैयाँ राजस्व उठाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट २४ अर्ब ६ करोड ८१ लाख ७० हजार रुपैयाँको ४३ लाख ६८ हजार ८७२ थान मोबाइल सेट खरिद गरेको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले मोबाइल सेट आयतमा ४ अर्ब ३१ करोड ७४ लाख ५७ हजार रुपैयाँ बढी खर्च गरेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल सेट खरिद गरेको थियो । सो मुल्यमा नेपालमा ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago