काठमाडौं: चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो साता महिनामा विभिन्न देशबाट नेपालमा ४० लाखभन्दा बढी मोबाइल सेट भित्रिएको पाइएको छ । ती मोबाइल सेट खरिद गर्नको लागि नेपालबाट २८ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको विवरण अनुसार २०७८ साउदेखि माघ मसान्तसम्मको अवधिमा नेपालमा ४० लाख ५ हजार ८०४ थान मोबाइल सेट भित्रिएको छ ।

सोही अवधिमा ती मोबाइल सेट खरिद गर्न नेपालबाट २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँ बाहिरिएको छ । मोबाइल सेटको आयातबाट नेपाल सरकारले ४ अर्ब ४९ करोड ११ लाख ९४ हजार रुपैयाँ राजस्व उठाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट २४ अर्ब ६ करोड ८१ लाख ७० हजार रुपैयाँको ४३ लाख ६८ हजार ८७२ थान मोबाइल सेट खरिद गरेको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले मोबाइल सेट आयतमा ४ अर्ब ३१ करोड ७४ लाख ५७ हजार रुपैयाँ बढी खर्च गरेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल सेट खरिद गरेको थियो । सो मुल्यमा नेपालमा ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago