प्रहरीले गाउँमा रहेका ठूलो सङ्ख्यामा छाउगोठ भत्काए

बाजुरा: बडीमालिका नगरपालिकालाई नै २०७८ सालभित्र छाउपडी गोठमुक्त गर्ने अभियान चलिरहेको छ । सो अभियानअन्तर्गत आइतबार सरोकारवाला निकायले वडा नं ८ मा अनुगमनका क्रममा १० छाउगोठ भेटिएकाले अभियानले सार्थकता पाउन कठिन भएको हो । पालिकाको अभियानमा सरोकारवाला निकाय र प्रहरीले गाउँमा रहेका ठूलो सङ्ख्यामा छाउगोठ भत्काए पनि महिलाको मनबाट भने छाउपडी प्रथा अझै हट्न सकेको छैन ।

सदरमुकामकै वडामा छाउगोठ बढी रहेको पाइएको छ । सो वडामा बढीजसो सामूहिक छाउगोठ भेटिएका र छाउ भएको बेला महिला आफ्नो घरमा छाउगोठ नभए जसको छाउगोठ छ, त्यसैको घरमा गएर बस्ने गरेको भेटिएको छ । सदरमुकाम मार्तडीकै वडामा छाउगोठ भेटिएपछि घोषणा प्रक्रिया अगाडि बढाउन कठिन भएको अनुगमन टोली संयोजक तथा नगर उपप्रमुख कविता विष्टले बताए ।

उनले नगरपालिकाले छाउ गोठमुक्त अभियानका लागि महिलासँग उपप्रमुख कार्यक्रम अघि सार्दै अभियानलाई निरन्तरता दिँदै आएको जानकारी दिए ।स्थानीयवासीलाई छाउगोठमा बस्दा हुने विभिन्न खालका घटनाबारे सचेत गराउनाका साथै जागरण अभियानमा लाग्न अग्रसर हुने गरी कार्यक्रम ल्याइएको उपप्रमुख विष्टले बताए ।

अनुगमन टोलीका सदस्य सोही वडाका अध्यक्ष प्रकाश रावलले कुनै पनि व्यक्तिको घरमा छाउगोठ भेटिए राज्यले दिने सेवा सुविधाबाट वञ्चित गरिने जानकारी दिए । अभियानलाई सफल बनाउन समुदायस्तरका महिला नै जागरुक हुनुपर्नेमा उनले जोड दिए ।

छाउ गोठमुक्त वडा घोषणा गर्ने लक्ष्य तत्काल पूरा नहुने नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले बताए । छाउगोठमुक्त बनाउन गाउँमै चरणबद्धरुपमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै उनले यसलाई चुनौतीका रुपमा पनि लिइएको उल्लेख गरे । रासस

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago