प्रहरीले गाउँमा रहेका ठूलो सङ्ख्यामा छाउगोठ भत्काए

बाजुरा: बडीमालिका नगरपालिकालाई नै २०७८ सालभित्र छाउपडी गोठमुक्त गर्ने अभियान चलिरहेको छ । सो अभियानअन्तर्गत आइतबार सरोकारवाला निकायले वडा नं ८ मा अनुगमनका क्रममा १० छाउगोठ भेटिएकाले अभियानले सार्थकता पाउन कठिन भएको हो । पालिकाको अभियानमा सरोकारवाला निकाय र प्रहरीले गाउँमा रहेका ठूलो सङ्ख्यामा छाउगोठ भत्काए पनि महिलाको मनबाट भने छाउपडी प्रथा अझै हट्न सकेको छैन ।

सदरमुकामकै वडामा छाउगोठ बढी रहेको पाइएको छ । सो वडामा बढीजसो सामूहिक छाउगोठ भेटिएका र छाउ भएको बेला महिला आफ्नो घरमा छाउगोठ नभए जसको छाउगोठ छ, त्यसैको घरमा गएर बस्ने गरेको भेटिएको छ । सदरमुकाम मार्तडीकै वडामा छाउगोठ भेटिएपछि घोषणा प्रक्रिया अगाडि बढाउन कठिन भएको अनुगमन टोली संयोजक तथा नगर उपप्रमुख कविता विष्टले बताए ।

उनले नगरपालिकाले छाउ गोठमुक्त अभियानका लागि महिलासँग उपप्रमुख कार्यक्रम अघि सार्दै अभियानलाई निरन्तरता दिँदै आएको जानकारी दिए ।स्थानीयवासीलाई छाउगोठमा बस्दा हुने विभिन्न खालका घटनाबारे सचेत गराउनाका साथै जागरण अभियानमा लाग्न अग्रसर हुने गरी कार्यक्रम ल्याइएको उपप्रमुख विष्टले बताए ।

अनुगमन टोलीका सदस्य सोही वडाका अध्यक्ष प्रकाश रावलले कुनै पनि व्यक्तिको घरमा छाउगोठ भेटिए राज्यले दिने सेवा सुविधाबाट वञ्चित गरिने जानकारी दिए । अभियानलाई सफल बनाउन समुदायस्तरका महिला नै जागरुक हुनुपर्नेमा उनले जोड दिए ।

छाउ गोठमुक्त वडा घोषणा गर्ने लक्ष्य तत्काल पूरा नहुने नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले बताए । छाउगोठमुक्त बनाउन गाउँमै चरणबद्धरुपमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै उनले यसलाई चुनौतीका रुपमा पनि लिइएको उल्लेख गरे । रासस

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago