काठमाडौं: चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि–१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुनसरी धरान उपमहानगरपालिका–७ घर भई हाल चन्द्रागिरि–१० सानो मन्दिर बस्दै आएका एक बालकको शव फेला परेको जानकारी दिए । बालकको नाम भने गोप्य राखिएको छ ।
प्रवक्ता मैनालीले शव फेला परेसँगै महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र फसेन्सिक मेडिसिन डाक्टरको टोली घटनास्थलमा पुगेर शवलाई परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताए । शवमा भने कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । मृत्युका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिए । रासस
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…