महालक्ष्मी विकास बैंकको स्थगित भएको साधारण सभा फागुन १३ गते, २१ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं: महालक्ष्मी विकास बैंंकको (MLBL) स्थगित भएको साधारण सभा फाल्गुन १३ गते हुने भएकाे छ। बैंककाे बीसौँ वार्षिक साधारण सभा शुक्रबार विहान ११ः०० बजे नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादी, काठमाडौमा हुने भएकाे हाे। उक्त साधारण सभाले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

महालक्ष्मी विकास बैंकको मिति फागुन ५ गते बसेको सञ्चालक समितिको ५१६ औं बैठकले निर्णयानुसार साधारण सभाकाे मिती पुनः ताेकेकाे हाे।

यसअघि बैंकको बीसौं वार्षिक साधारण सभा २०७८/०९/२५ मा तोकिएको थियाे तर गणपुरक संख्या नपुग्दा स्थगित भएको थियाे। त्यसपछि २०७८/१०/०३ मा तोकिएको सभा २०७८/१०/३ को अन्तरिम आदेश छलफलको टुङ्गो नलागेसम्म नगर्नु नगराउनु भनि उच्च अदालत पाटनबाट आदेश भई सभा स्थगित भएको थियाे। २०७८/१०/०३ मा अन्तरिम आदेश छलफल हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुने अवस्थाको विद्यमानता नहुँदा साे अदालतबाट २०७८/०९/२३ मा जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भनि उच्च अदालतबाट आदेश भएको पछि साधारण सभा गर्न सकिने अवस्था श्रृजना भएको हाे। यसरी बैंकको स्थगित बीसौं वार्षिक साधारण सभा फेरि हुन लागेकाे हाे।

वार्षिक साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्तावहरु सभामा पेश गरिने भएकाे छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago