महालक्ष्मी विकास बैंकको स्थगित भएको साधारण सभा फागुन १३ गते, २१ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं: महालक्ष्मी विकास बैंंकको (MLBL) स्थगित भएको साधारण सभा फाल्गुन १३ गते हुने भएकाे छ। बैंककाे बीसौँ वार्षिक साधारण सभा शुक्रबार विहान ११ः०० बजे नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादी, काठमाडौमा हुने भएकाे हाे। उक्त साधारण सभाले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

महालक्ष्मी विकास बैंकको मिति फागुन ५ गते बसेको सञ्चालक समितिको ५१६ औं बैठकले निर्णयानुसार साधारण सभाकाे मिती पुनः ताेकेकाे हाे।

यसअघि बैंकको बीसौं वार्षिक साधारण सभा २०७८/०९/२५ मा तोकिएको थियाे तर गणपुरक संख्या नपुग्दा स्थगित भएको थियाे। त्यसपछि २०७८/१०/०३ मा तोकिएको सभा २०७८/१०/३ को अन्तरिम आदेश छलफलको टुङ्गो नलागेसम्म नगर्नु नगराउनु भनि उच्च अदालत पाटनबाट आदेश भई सभा स्थगित भएको थियाे। २०७८/१०/०३ मा अन्तरिम आदेश छलफल हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुने अवस्थाको विद्यमानता नहुँदा साे अदालतबाट २०७८/०९/२३ मा जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भनि उच्च अदालतबाट आदेश भएको पछि साधारण सभा गर्न सकिने अवस्था श्रृजना भएको हाे। यसरी बैंकको स्थगित बीसौं वार्षिक साधारण सभा फेरि हुन लागेकाे हाे।

वार्षिक साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्तावहरु सभामा पेश गरिने भएकाे छ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago