अन्तर्राष्ट्रिय यात्रुलाई खुल्यो अस्ट्रेलिया

अस्ट्रेलिया: कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुलाई दुई वर्षपछि अस्ट्रेलियाले प्रवेश दिएको छ ।

कोरोना भाइरसको महामारीका कारण अस्ट्रेलियाले सन् २०२० को मार्च महिनायता निकै कडा यात्रा प्रतिबन्ध लागू गरेको थियो । आफ्ना नागरिकलगायत केहीलाई भने अस्ट्रेलियाले गत वर्षको अन्त्यदेखि प्रवेश अनुमति दिएको थियो । तर विदेशीहरूले भने यात्राका लागि पर्खिनुपरेको थियो ।
लामो समयपछि सोमबार सिड्नीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तजन तथा साथीभाइसँग पुनर्मिलन भएपछि कतिपय यात्रु निकै हर्षित देखिन्थे ।

लामो समयपछि आफ्ना हजुरबुबालाई भेटेकी एक युवती चार्लोटले भनिन्, ‘मैले उहाँलाई निकै सम्झिएकी थिएँ, मैले यो समयका लागि लामो प्रतीक्षा गरें ।’ अस्ट्रेलियामा सोमबार मात्रै ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण भएका जनाइएको छ ।

अस्ट्रेलिया सरकारले जारी गरेको नयाँ नियमअनुसार अब खोपको पूर्ण मात्रा लगाएका यात्रु क्वारेन्टिनमा बस्नुपर्ने छैन । तर खोप नलगाएका यात्रु भने आफ्नै खर्चमा १४ दिनसम्म होटलमा बस्नुपर्ने जनाइएको छ । विदेशी नागरिकहरूले अब पश्चिम अस्ट्रेलियाबाहेक अन्य सबै राज्यमा प्रवेश गर्न पाउनेछन् । त्यहाँको सरकारले मार्च ३ पछि मात्र खोपको पूर्ण मात्रा लगाएकालाई प्रवेश दिने जनाएको हो ।

अस्ट्रेलिया सरकारले जनताको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारका लागि देशले नयाँ गति लिने जनाएको छ । अस्ट्रेलियाका व्यापार, पर्यटन तथा लगानीमन्त्री डान तेहानले सरकारको पछिल्लो निर्णय पर्यटन व्यवसायका लागि सुखद भएको बताएका छन् ।

‘निकै सुन्दर । ६ लाख ६० हजारभन्दा बढी मानिसलाई रोजगारी दिने हाम्रो पर्यटन क्षेत्रका लागि निकै सुखद समाचार,’ तेहानले भने । सन् २०१९ मा करिब ९५ लाख विदेशी पर्यटकले अस्ट्रेलियाको भ्रमण गरेका थिए ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित पर्यटन क्षेत्र चाँडै नै पहिलेको अवस्थामा फर्कने मन्त्री तेहानले आशा व्यक्त गरे । आन्तरिक रूपमा लगाइएका कतिपय प्रतिबन्धका कारण पनि अस्ट्रेलियाको पर्यटन व्यवसाय थप मारमा परेको थियो ।

अस्ट्रेलिया सरकारले लागू गरेको कडा नियमले परिवारका सदस्यलाई छुट्याएको र व्यवसायमा नकारात्मक प्रभाव परेको भन्दै निकै आलोचना भएको थियो । तर उक्त नियमले खोप उपलब्ध हुनुअघि हजारौं मानिसको ज्यान जोगिएको भन्दै कतिपयले सरकारी कदमको प्रशंसा पनि गरेका थिए । अस्ट्रेलियामा कोरोना भाइरसका करण हालसम्म करिब ४ हजार ९ सय जनाले ज्यान गुमाएका छन् ।

दुई साताअघि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लिएका पर्यटकहरूका लागि आफ्नो देशमा प्रवेश खुला गरिएको घोषणा गरेका थिए । ‘यदि, तपाईंले खोपको दुवै मात्रा लगाइसक्नुभएको छ भने हामी तपाईंलाई स्वागत गर्न तयार छौं,’ मरिसनले भनेका थिए ।

अत्यावश्यक क्षेत्रमा कामदार अभाव भएपछि गत डिसेम्बरदेखि अस्ट्रेलिया सरकारले केही अन्तर्राष्ट्रिय विद्यार्थी र कामदारलाई प्रवेश अनुमति दिएको थियो ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago