अन्तर्राष्ट्रिय यात्रुलाई खुल्यो अस्ट्रेलिया

अस्ट्रेलिया: कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुलाई दुई वर्षपछि अस्ट्रेलियाले प्रवेश दिएको छ ।

कोरोना भाइरसको महामारीका कारण अस्ट्रेलियाले सन् २०२० को मार्च महिनायता निकै कडा यात्रा प्रतिबन्ध लागू गरेको थियो । आफ्ना नागरिकलगायत केहीलाई भने अस्ट्रेलियाले गत वर्षको अन्त्यदेखि प्रवेश अनुमति दिएको थियो । तर विदेशीहरूले भने यात्राका लागि पर्खिनुपरेको थियो ।
लामो समयपछि सोमबार सिड्नीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तजन तथा साथीभाइसँग पुनर्मिलन भएपछि कतिपय यात्रु निकै हर्षित देखिन्थे ।

लामो समयपछि आफ्ना हजुरबुबालाई भेटेकी एक युवती चार्लोटले भनिन्, ‘मैले उहाँलाई निकै सम्झिएकी थिएँ, मैले यो समयका लागि लामो प्रतीक्षा गरें ।’ अस्ट्रेलियामा सोमबार मात्रै ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण भएका जनाइएको छ ।

अस्ट्रेलिया सरकारले जारी गरेको नयाँ नियमअनुसार अब खोपको पूर्ण मात्रा लगाएका यात्रु क्वारेन्टिनमा बस्नुपर्ने छैन । तर खोप नलगाएका यात्रु भने आफ्नै खर्चमा १४ दिनसम्म होटलमा बस्नुपर्ने जनाइएको छ । विदेशी नागरिकहरूले अब पश्चिम अस्ट्रेलियाबाहेक अन्य सबै राज्यमा प्रवेश गर्न पाउनेछन् । त्यहाँको सरकारले मार्च ३ पछि मात्र खोपको पूर्ण मात्रा लगाएकालाई प्रवेश दिने जनाएको हो ।

अस्ट्रेलिया सरकारले जनताको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारका लागि देशले नयाँ गति लिने जनाएको छ । अस्ट्रेलियाका व्यापार, पर्यटन तथा लगानीमन्त्री डान तेहानले सरकारको पछिल्लो निर्णय पर्यटन व्यवसायका लागि सुखद भएको बताएका छन् ।

‘निकै सुन्दर । ६ लाख ६० हजारभन्दा बढी मानिसलाई रोजगारी दिने हाम्रो पर्यटन क्षेत्रका लागि निकै सुखद समाचार,’ तेहानले भने । सन् २०१९ मा करिब ९५ लाख विदेशी पर्यटकले अस्ट्रेलियाको भ्रमण गरेका थिए ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित पर्यटन क्षेत्र चाँडै नै पहिलेको अवस्थामा फर्कने मन्त्री तेहानले आशा व्यक्त गरे । आन्तरिक रूपमा लगाइएका कतिपय प्रतिबन्धका कारण पनि अस्ट्रेलियाको पर्यटन व्यवसाय थप मारमा परेको थियो ।

अस्ट्रेलिया सरकारले लागू गरेको कडा नियमले परिवारका सदस्यलाई छुट्याएको र व्यवसायमा नकारात्मक प्रभाव परेको भन्दै निकै आलोचना भएको थियो । तर उक्त नियमले खोप उपलब्ध हुनुअघि हजारौं मानिसको ज्यान जोगिएको भन्दै कतिपयले सरकारी कदमको प्रशंसा पनि गरेका थिए । अस्ट्रेलियामा कोरोना भाइरसका करण हालसम्म करिब ४ हजार ९ सय जनाले ज्यान गुमाएका छन् ।

दुई साताअघि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लिएका पर्यटकहरूका लागि आफ्नो देशमा प्रवेश खुला गरिएको घोषणा गरेका थिए । ‘यदि, तपाईंले खोपको दुवै मात्रा लगाइसक्नुभएको छ भने हामी तपाईंलाई स्वागत गर्न तयार छौं,’ मरिसनले भनेका थिए ।

अत्यावश्यक क्षेत्रमा कामदार अभाव भएपछि गत डिसेम्बरदेखि अस्ट्रेलिया सरकारले केही अन्तर्राष्ट्रिय विद्यार्थी र कामदारलाई प्रवेश अनुमति दिएको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago