लमजुङ: लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । गए राति भूकम्प जाँदा अधिकांश मानिस निद्रामा भएका बेला भूकम्पले उठाएको थियो ।
भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ । जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रविन्दु तीन दशमलव दुई रेक्टर स्केलकै भूकम्प गएको थियो ।
त्यस्तै माघ १३ गते क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुने गरेको छ । जेठयता हालसम्म गएको भूकम्पले कुनै मानवीय तथा भौतिक क्षति नगरे पनि जेठ ५ गते आएको भूकम्पले भने मानवीयदेखि भौतिक क्षति पुर्याएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…