काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन्।
बुधबार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो बताएका हुन्।
आफ्नो प्रयास भने पार्टी संसदीय दलको नेता बन्न नै केन्द्रित हुने उनको भनाइ थियो।
महामन्त्री थापाले पार्टीको महामन्त्री र सांसदको रुपमा आफू काम गर्ने पनि स्पष्ट पारे। उनले पार्टी संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने आफ्नो एजेण्डा रहेको र त्यसमा प्रयास जारी राख्ने बताए।
उनले भने, ‘म संसदीय दलको नेतामा प्रतिष्पर्धा गरेपछि पनि संसदीय दलको नेता हुनका लागि प्रयास गरिरहन्छु।मेरो प्रयास त्यसकै लागि रहन्छ। म महामन्त्री हुँ। महामन्त्रीको रूपमा म काम गर्छु। नेपाली कांग्रेसको सांसद हुँ। सांसदको रूपमा काम गर्छु। नेपाली कांग्रेसले संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने मैले ठानेको हो। त्यसको निम्ति प्रयत्न गरिराख्छु। त्यसबाहेक सरकारमा जाने, त्यहाँ भित्र गएर काम गर्ने भन्ने कुरा अहिलेका निम्ति मैले गर्नु हुँदैन। यसो गर्नु उपयुक्त हुँदैन। म त्यो गर्दिनँ। मेरा लागि यो अपेक्षाकृत परिणाम होइन। मैले योभन्दा धेरै राम्रो हुन्छ भनेर सोचेको थिएँ। तर यसबाट म थाक्दा पनि थाक्दिनँ। म निराश पनि हुन्न। अरू थप मेहनत गर्छु।’
महामन्त्री थापाले कांग्रेसले आफ्नाे नेतृत्वमा सरकार गठनका लागि आजैबाट पहल गर्नुपर्ने धारणासमेत राखे।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…