काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन्।
बुधबार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो बताएका हुन्।
आफ्नो प्रयास भने पार्टी संसदीय दलको नेता बन्न नै केन्द्रित हुने उनको भनाइ थियो।
महामन्त्री थापाले पार्टीको महामन्त्री र सांसदको रुपमा आफू काम गर्ने पनि स्पष्ट पारे। उनले पार्टी संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने आफ्नो एजेण्डा रहेको र त्यसमा प्रयास जारी राख्ने बताए।
उनले भने, ‘म संसदीय दलको नेतामा प्रतिष्पर्धा गरेपछि पनि संसदीय दलको नेता हुनका लागि प्रयास गरिरहन्छु।मेरो प्रयास त्यसकै लागि रहन्छ। म महामन्त्री हुँ। महामन्त्रीको रूपमा म काम गर्छु। नेपाली कांग्रेसको सांसद हुँ। सांसदको रूपमा काम गर्छु। नेपाली कांग्रेसले संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने मैले ठानेको हो। त्यसको निम्ति प्रयत्न गरिराख्छु। त्यसबाहेक सरकारमा जाने, त्यहाँ भित्र गएर काम गर्ने भन्ने कुरा अहिलेका निम्ति मैले गर्नु हुँदैन। यसो गर्नु उपयुक्त हुँदैन। म त्यो गर्दिनँ। मेरा लागि यो अपेक्षाकृत परिणाम होइन। मैले योभन्दा धेरै राम्रो हुन्छ भनेर सोचेको थिएँ। तर यसबाट म थाक्दा पनि थाक्दिनँ। म निराश पनि हुन्न। अरू थप मेहनत गर्छु।’
महामन्त्री थापाले कांग्रेसले आफ्नाे नेतृत्वमा सरकार गठनका लागि आजैबाट पहल गर्नुपर्ने धारणासमेत राखे।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…