पाल्पामा केहि समयमा मतगणना सुरुहुँदै

भबिन्द्र गौतम
पाल्पा ५ मंसिर
पाल्पामा मतगणना केही समयमा सुरु हुँदै छ । मतगणनाका लागी सर्वदलिय बैठक सकेलगत्तै अहिले दलका प्रतिनिधिहरुको परिचपत्र बानाउने कार्य भैरहेको छ । पाल्पाको क्षेत्र नंं १ रामपुर र क्षेत्र नंं २ तानसेनमा मतगणनाको लागी सर्बदलिय बैठकले विभिन्न निर्यणहरु गरी मतगणना गर्ने निर्णय राजनितिक दल र उम्मेदवारहरुले गरेका थिए।
पाल्पामा ६०.९४ प्रतिशत मत खसेको छ । कुल २ लाख १ हजार ३ सय २६ मतदात मध्ये १ लाख २२ हजार ६ सय ९४ मत खसेको छ । पाल्पा क्षेत्र नंं १ मा ९६ हजार ३३ मतदाता रहेकोमा ५८ हजार ४ सय ९१ मत खसेको छ भने क्षेत्र नंं २ मा १ लाख ५ हजार २ सय ९३ मतदाता रहेकोमा ६४ हजार २ सय ३ मत खसेको छ । पाल्पामा स्थानीयतह निर्वाचन २०७९ मा ७० प्रतिशत मत खसेको थियो ।
पाल्पा क्षेत्र नंं १ मा प्रतिनिधि सभा सदस्य पदमा १० जना उम्मेदवार रहेका छन  जसमा ६ जना राजनितिक दल ४ स्वतन्त्र उम्मेदवार रहेका छन भने प्रदेश १ मा ५ जना र प्रदेश २ मा ५ जना उम्मेदवार रहेका छन ।
पाल्पा क्षेत्र नंं २ मा प्रतिनिधिसभा सदस्यमा १३ जना उम्मेदवार रहेको १० राजनितिक दल, ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन । क्षेत्र नंं २ को  प्रदेश सभा १ मा ६ जना र प्रदेश सभा २ मा ६ जना उम्मेदवार विच प्रतिष्पर्धामा छन ।
मतदान केन्द्र टाढा र अपायक स्थानमा रहेकाले मतपेटिका ल्याउन समय लागेको कारण मतगणना गर्न ढिलाई भएको हो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago