पाल्पामा केहि समयमा मतगणना सुरुहुँदै

भबिन्द्र गौतम
पाल्पा ५ मंसिर
पाल्पामा मतगणना केही समयमा सुरु हुँदै छ । मतगणनाका लागी सर्वदलिय बैठक सकेलगत्तै अहिले दलका प्रतिनिधिहरुको परिचपत्र बानाउने कार्य भैरहेको छ । पाल्पाको क्षेत्र नंं १ रामपुर र क्षेत्र नंं २ तानसेनमा मतगणनाको लागी सर्बदलिय बैठकले विभिन्न निर्यणहरु गरी मतगणना गर्ने निर्णय राजनितिक दल र उम्मेदवारहरुले गरेका थिए।
पाल्पामा ६०.९४ प्रतिशत मत खसेको छ । कुल २ लाख १ हजार ३ सय २६ मतदात मध्ये १ लाख २२ हजार ६ सय ९४ मत खसेको छ । पाल्पा क्षेत्र नंं १ मा ९६ हजार ३३ मतदाता रहेकोमा ५८ हजार ४ सय ९१ मत खसेको छ भने क्षेत्र नंं २ मा १ लाख ५ हजार २ सय ९३ मतदाता रहेकोमा ६४ हजार २ सय ३ मत खसेको छ । पाल्पामा स्थानीयतह निर्वाचन २०७९ मा ७० प्रतिशत मत खसेको थियो ।
पाल्पा क्षेत्र नंं १ मा प्रतिनिधि सभा सदस्य पदमा १० जना उम्मेदवार रहेका छन  जसमा ६ जना राजनितिक दल ४ स्वतन्त्र उम्मेदवार रहेका छन भने प्रदेश १ मा ५ जना र प्रदेश २ मा ५ जना उम्मेदवार रहेका छन ।
पाल्पा क्षेत्र नंं २ मा प्रतिनिधिसभा सदस्यमा १३ जना उम्मेदवार रहेको १० राजनितिक दल, ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन । क्षेत्र नंं २ को  प्रदेश सभा १ मा ६ जना र प्रदेश सभा २ मा ६ जना उम्मेदवार विच प्रतिष्पर्धामा छन ।
मतदान केन्द्र टाढा र अपायक स्थानमा रहेकाले मतपेटिका ल्याउन समय लागेको कारण मतगणना गर्न ढिलाई भएको हो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago