झापा क्षेत्र नं १ र ४ मा पनि गणनाका लागि तयारी गरिँदै

झापा । झापाको निर्वाचन क्षेत्र नं २ मा मतगणना शुरु भइसक्दा क्षेत्र नं १ र ५ मा पनि गणना शुरु गर्न सर्बदलीय बैठक बस्दैछ ।

सबै मतपेटिका संकलन भइसकेकाले गणना गर्नका लागि सर्बदलीय बैठक बोलाइएको हो । अहिले ८ बजे सर्वदलीय बैठक बोलाइएको हो । सम्बन्धित क्षेत्रका राजनीतिक दल र उम्मेदवारहरुको बैठकको निर्णय अनुसार ती क्षेत्रमा पनि छिट्टै मतगणना शुरु गर्ने तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले बताए ।

झापा क्षेत्र नं २ मा भने मतगणना शुरु भएको छ । बिहान ४ बजेदेखि अर्जुनधारा नगरपालिकामा मतगणना शुरु गरिएको हो । सर्वदलीय बैठक सकेर गणना शुरु गरिएको जनाइएको छ ।

अर्जुनधारा ११ को मतपेटिकाबाट गन्न थालिएको हो । त्यसपछि बिहान ९ बजेबाट अन्य ८ ठाउँमा मतगणना हुने जनाइएको छ । अहिले एक ठाउँमा मतगणना शुरु गरिएकोमा बिहान ९ बजेबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ ठाउँ , प्रदेशसभाको प्रत्यक्षतर्फ २ ठाउँ , प्रतिनिधिसभाको समानुपातिकतर्फ २ ठाउँ र प्रदेशसभाको समानुपातिकतर्फ २ ठाउँ गरी थप ८ ठाउँमा गणना गर्नेगरी तयारी थालिएको छ ।

यस क्षेत्रमा एमालेका देवराज घिमिरे , गठबन्धनका हरि राना , स्वतन्त्र उम्मेदवार स्वागत नेपालबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

त्यस्तै झापा ३ मा बिहान ८ बजेदेखि मतगणना शुरु हुँदैछ । सर्बदलीय बैठक सम्पन्न गरी बिहान ८ बजेबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको गणना शुरु हुने प्रदेश सभा सदस्यका उम्मेदवार बसन्त बानियाले जनाएका छन् ।

त्यस्तै झापा क्षेत्र नं ५ मा पनि बिहान ८ बजेबाट गणना शुरु हुनेछ । झापा ५ मा राति ३.३० बजे मात्र मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको छ । जसले गर्दा रातिदेखि नै गणना सुरु गर्ने भनिए पनि अहिले विहान ८ बजेबाट सुरु गरिने जनाइएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago