नागरिकताको संवेदनशीलताको विषयमा राम्ररी बुझाउन सकेनौँ -कोइराला

काठमाडौँ: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एकपछि अर्को गरी भइरहेका घटनाक्रमले मुलुकलाई संवैधानिक संकटतर्फ डोर्‍याएको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पास भइसकेको नागरिकता विधेयकलाई रोकेर मुलुकलाई थप संवैधानिक संकटतर्फ उन्मुख गराएको टिप्पणी गरे ।
नागरिकता जस्तो संवेदनशील विषयमा हामीहरू विभाजित हुनु नै दुःखद हो । यसमा अहिले देश नै विभाजित भएको छ, मलाई हामीले नागरिकताको संवेदनशीलताको विषयमा राम्ररी बुझाउन सकेनौँ कि भन्ने लाग्छ,’ नेता कोइरालाले सम्वाददातासंग कुरा गर्दै भने, ‘त्यसमाथि दुवै सदनबाट पास भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगिसकेपछि राष्ट्रपतिजीले त्यसलाई प्रमाणीकरण गर्नुपर्ने थियो । उहाँसँग विधेयकलाई प्रमाणीकरण गर्नुको अर्को विकल्प नै थिएन । तर, त्यसलाई रोक्नु भनेको मुलुकमा संवैधानिक संकट निम्त्याउनु हो । यसले देशलाई थप संकटतर्फ लैजान्छ । एकपछि अर्को जटिलताहरू आउन सक्छन् । यो राम्रो संकेत होइन ।’
उनले विगतमा नेकपा एमालेकै सरकारले उही प्रकृतिको विधेयक ल्याएको भन्दै अहिले गठबन्धन सरकारले त्यही विधेयक अघि बढाउँदा एमालेले असहमति राख्ने र राष्ट्रपतिले त्यसलाई अस्वीकार गर्नु गलत भएको बताए ।

‘यो राष्ट्रियताको विषय हो । यसलाई चुनावी मुद्दा बनाउने हिसाबले राजनीतिक विषय बनाइनुहुँदैन थियो,’ कोइरालाले भने, ‘अहिले पनि लाखौँ नेपाली युवाहरू नागरिकताविहीन छन्, राज्यविहीन छन् । उनीहरूले रोजगारी गर्न पाउने अवस्था छैन । आमाबुवा यो देशको नागरिक हुने, तर छोराछोरी राज्यविहीन भएको अवस्था छ ।’

उनले यस्तो समस्या अहिले करिब साढे चार लाख नेपालीले झेलिरहेको भन्दै त्यसमध्ये करिब एक लाख त पहाडी क्षेत्रका समेत भएको अनुमान गरे ।

‘तराईमा मात्रै होइन, पहाडमा पनि मान्छेहरू नागरिकताविहीन छन् । आमाबुवा नागरिक छन्, छोराछोरीहरूसँग नागरिकता छैन । यो कति सिरियस कुरा छ, खासमा उनीहरूको समस्यालाई सम्बोधन गर्नुपर्ने थियो,’ कोइरालाले भने, ‘यसमा दलहरू विभाजित हुनु, र त्यसलाई मुलुकलाई नै विभाजित हुने अवस्था सिर्जना हुनु राम्रो होइन ।’

उनले अंगीकृत नागरिकको हकमा पनि त्यस्तै खालको त्रुटिपूर्ण बुझाईहरू रहेको बताए । उनले संविधानले नै अंगीकृत नागरिकका हकमा कतिपय प्रष्ट व्यवस्थाहरू गरिदिएको भन्दै संवेदनशील भएर निर्णय लिनु उपयुक्त हुने कुरालाई दलहरूले ध्यान नपुर्‍याएको बताए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago