नागरिकताको संवेदनशीलताको विषयमा राम्ररी बुझाउन सकेनौँ -कोइराला

काठमाडौँ: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एकपछि अर्को गरी भइरहेका घटनाक्रमले मुलुकलाई संवैधानिक संकटतर्फ डोर्‍याएको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पास भइसकेको नागरिकता विधेयकलाई रोकेर मुलुकलाई थप संवैधानिक संकटतर्फ उन्मुख गराएको टिप्पणी गरे ।
नागरिकता जस्तो संवेदनशील विषयमा हामीहरू विभाजित हुनु नै दुःखद हो । यसमा अहिले देश नै विभाजित भएको छ, मलाई हामीले नागरिकताको संवेदनशीलताको विषयमा राम्ररी बुझाउन सकेनौँ कि भन्ने लाग्छ,’ नेता कोइरालाले सम्वाददातासंग कुरा गर्दै भने, ‘त्यसमाथि दुवै सदनबाट पास भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगिसकेपछि राष्ट्रपतिजीले त्यसलाई प्रमाणीकरण गर्नुपर्ने थियो । उहाँसँग विधेयकलाई प्रमाणीकरण गर्नुको अर्को विकल्प नै थिएन । तर, त्यसलाई रोक्नु भनेको मुलुकमा संवैधानिक संकट निम्त्याउनु हो । यसले देशलाई थप संकटतर्फ लैजान्छ । एकपछि अर्को जटिलताहरू आउन सक्छन् । यो राम्रो संकेत होइन ।’
उनले विगतमा नेकपा एमालेकै सरकारले उही प्रकृतिको विधेयक ल्याएको भन्दै अहिले गठबन्धन सरकारले त्यही विधेयक अघि बढाउँदा एमालेले असहमति राख्ने र राष्ट्रपतिले त्यसलाई अस्वीकार गर्नु गलत भएको बताए ।

‘यो राष्ट्रियताको विषय हो । यसलाई चुनावी मुद्दा बनाउने हिसाबले राजनीतिक विषय बनाइनुहुँदैन थियो,’ कोइरालाले भने, ‘अहिले पनि लाखौँ नेपाली युवाहरू नागरिकताविहीन छन्, राज्यविहीन छन् । उनीहरूले रोजगारी गर्न पाउने अवस्था छैन । आमाबुवा यो देशको नागरिक हुने, तर छोराछोरी राज्यविहीन भएको अवस्था छ ।’

उनले यस्तो समस्या अहिले करिब साढे चार लाख नेपालीले झेलिरहेको भन्दै त्यसमध्ये करिब एक लाख त पहाडी क्षेत्रका समेत भएको अनुमान गरे ।

‘तराईमा मात्रै होइन, पहाडमा पनि मान्छेहरू नागरिकताविहीन छन् । आमाबुवा नागरिक छन्, छोराछोरीहरूसँग नागरिकता छैन । यो कति सिरियस कुरा छ, खासमा उनीहरूको समस्यालाई सम्बोधन गर्नुपर्ने थियो,’ कोइरालाले भने, ‘यसमा दलहरू विभाजित हुनु, र त्यसलाई मुलुकलाई नै विभाजित हुने अवस्था सिर्जना हुनु राम्रो होइन ।’

उनले अंगीकृत नागरिकको हकमा पनि त्यस्तै खालको त्रुटिपूर्ण बुझाईहरू रहेको बताए । उनले संविधानले नै अंगीकृत नागरिकका हकमा कतिपय प्रष्ट व्यवस्थाहरू गरिदिएको भन्दै संवेदनशील भएर निर्णय लिनु उपयुक्त हुने कुरालाई दलहरूले ध्यान नपुर्‍याएको बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago