अब बनिने भयो जग्गादाता उजारु राजवंशीको घर

बिर्तामोड, संजय पौड़याल -विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता उजारु राजवंशीको परिवारका लागि विद्यालयको अगुवाईमा घर निर्माण गरिने भएको छ ।

हिजो जग्गाजमिन हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवार अहिले विचल्लीमा परेपछि विद्यालयले गुन तिर्न लागेको हो । जग्गादाता उजारु राजवंशीको निधनपछि उनको परिवार झनै समस्यामा परेको हो । उजारुकी श्रीमती चम्पा राजवंशी बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान संचालन गर्न लागिएको हो । उजारु राजवंशीको आवास निर्माण गर्नका लागि आइतवार एक समिति गठन गरिएको छ ।

दुर्गा माविका प्रधानाध्यापक कृष्णप्रसाद पाठक सयोजक रहेको सो समितिको सदस्यहरुमा सुमन राजवंशी, इन्द्रसिंह राजवंशी , सरोज पौडेल  र उमानाथ भण्डारी रहेका छन् । त्यस्तै वडाध्यक्ष हरिप्रसाद चौलागाईको संयोजकत्वमा सल्लाहकार समिति पनि बनाइएको छ। जसको सदस्यहरुमा कृष्ण पाण्डे, सल्पना राजवंशी ,सुरेन राजवंशी , धर्मेन्द्र भट्टराई र पूर्णबहादुर श्रेष्ठ रहेका छन् । दाता परिवारको दुख देखेर आफूहरुको अगुवाईमा सबैको सरसहयोगमा घर निर्माण गर्न लागिएको प्रधानाध्यापक पाठकले बताए । उनले बुधवार बैंक खाता खोलेर सहयोग संकलन गरिने र केही दिनमै घर निर्माण शुरु गर्ने जानकारी दिए ।

त्यस्तै वडाध्यक्ष चौलागाईले अहिले दुखमा परेको राजवंशी परिवारको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । सोही कार्यक्रममा राजवंशी परिवारलाई क्रिया खर्चका लागि विद्यालयले रु ११ हजार रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा वडाध्यक्ष चौलागाई , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डे , प्रधानाध्यापक पाठक ,राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , विद्यालयका शिक्षकहरु, पत्रकार र स्थानीयको सहभागिता रहेको थियो । जग्गादाता उजारुको काजक्रियाका लागि सहयोग
दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिने राजवंशीको काजक्रियाका लागि राजवंशी विकास प्रतिष्ठानले सहयोग उपलब्ध गराएको छ ।

प्रतिष्ठानले शनिवार उजारु राजवंशीको तीन दिनको क्रिया (तीन सिनान ) मा पाँच बोरा चामल र एक बोरा मुरै मृतक परिवारलाई उपलब्ध गराएको हो। विभिन्न दाताहरुबाट संकलन गरी ती खाद्यान्न उपलब्ध गराइएको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए ।

चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण बिमलीबाट दुई बोरा, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीबाट एक बोरा , शिखर बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष तारा खतिवडाबाट एक बोरा चामल तथा राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीबाट एक बोरा चामल र एक बोरा मुरै सहयोग प्राप्त भएको सचिव राजवंशीले जानकारी दिए । तीनसिनानका दिन प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी र सचिव इन्द्रसिंह राजवंशीले सो सहयोग हस्तान्तरण गरेका थिए ।दाता उजारुको काजक्रिया गर्न समस्या रहेको छ । गाउँलेले जुटाएर उनको अन्त्येष्टि गरेका थिए । काजक्रिया पनि सहयोग जुटाएर गरिरहेका छन् ।

दुर्गा माविलाई एक विगाह जग्गा दान दिने बिर्तामोड ९ निवासी दानवीर राजवंशी र उनको परिवारमा यस्तो हविगत भएको हो । राजवंशीको गत बुधवार ७५ वर्षको उमेरमा निधन भएको हो । उनी विगत ६ महिनादेखि प्यारालाइसिस रोगले थलिएका थिए । श्रीमती चम्पा राजवंशीसंग भत्किन लागेको कटेरोमा राजवंशी बस्दै आएका थिए । बृद्ध भत्ताबाटै ती दुवैले गुजारा गरेका थिए ।उनीहरुका तीन छोरा मजदुरी गरेर आफ्नो परिवार पाल्छन् । मृत्यु हुँदा रकम संकलन गरेर अन्त्येष्टि गरेको छिमेकी मुक्ति श्रेष्ठले बताइन् । ‘उनीहरु बस्ने कटेरोमा बर्खाको पानी चुहिन्थ्यो ’उनले भनिन् ‘ पानीबाट जोगाउन प्लाष्टिकले घर छोपिदियौं ।’
गरामनीबाट लखीबारीतर्फ जाने शहीद नेत्र मार्गले छोएको करोडौंको जग्गा राजवंशीले दान दिएका थिए ।

Sanjay poudyal

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago