अब बनिने भयो जग्गादाता उजारु राजवंशीको घर

बिर्तामोड, संजय पौड़याल -विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता उजारु राजवंशीको परिवारका लागि विद्यालयको अगुवाईमा घर निर्माण गरिने भएको छ ।

हिजो जग्गाजमिन हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवार अहिले विचल्लीमा परेपछि विद्यालयले गुन तिर्न लागेको हो । जग्गादाता उजारु राजवंशीको निधनपछि उनको परिवार झनै समस्यामा परेको हो । उजारुकी श्रीमती चम्पा राजवंशी बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान संचालन गर्न लागिएको हो । उजारु राजवंशीको आवास निर्माण गर्नका लागि आइतवार एक समिति गठन गरिएको छ ।

दुर्गा माविका प्रधानाध्यापक कृष्णप्रसाद पाठक सयोजक रहेको सो समितिको सदस्यहरुमा सुमन राजवंशी, इन्द्रसिंह राजवंशी , सरोज पौडेल  र उमानाथ भण्डारी रहेका छन् । त्यस्तै वडाध्यक्ष हरिप्रसाद चौलागाईको संयोजकत्वमा सल्लाहकार समिति पनि बनाइएको छ। जसको सदस्यहरुमा कृष्ण पाण्डे, सल्पना राजवंशी ,सुरेन राजवंशी , धर्मेन्द्र भट्टराई र पूर्णबहादुर श्रेष्ठ रहेका छन् । दाता परिवारको दुख देखेर आफूहरुको अगुवाईमा सबैको सरसहयोगमा घर निर्माण गर्न लागिएको प्रधानाध्यापक पाठकले बताए । उनले बुधवार बैंक खाता खोलेर सहयोग संकलन गरिने र केही दिनमै घर निर्माण शुरु गर्ने जानकारी दिए ।

त्यस्तै वडाध्यक्ष चौलागाईले अहिले दुखमा परेको राजवंशी परिवारको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । सोही कार्यक्रममा राजवंशी परिवारलाई क्रिया खर्चका लागि विद्यालयले रु ११ हजार रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा वडाध्यक्ष चौलागाई , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डे , प्रधानाध्यापक पाठक ,राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , विद्यालयका शिक्षकहरु, पत्रकार र स्थानीयको सहभागिता रहेको थियो । जग्गादाता उजारुको काजक्रियाका लागि सहयोग
दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिने राजवंशीको काजक्रियाका लागि राजवंशी विकास प्रतिष्ठानले सहयोग उपलब्ध गराएको छ ।

प्रतिष्ठानले शनिवार उजारु राजवंशीको तीन दिनको क्रिया (तीन सिनान ) मा पाँच बोरा चामल र एक बोरा मुरै मृतक परिवारलाई उपलब्ध गराएको हो। विभिन्न दाताहरुबाट संकलन गरी ती खाद्यान्न उपलब्ध गराइएको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए ।

चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण बिमलीबाट दुई बोरा, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीबाट एक बोरा , शिखर बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष तारा खतिवडाबाट एक बोरा चामल तथा राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीबाट एक बोरा चामल र एक बोरा मुरै सहयोग प्राप्त भएको सचिव राजवंशीले जानकारी दिए । तीनसिनानका दिन प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी र सचिव इन्द्रसिंह राजवंशीले सो सहयोग हस्तान्तरण गरेका थिए ।दाता उजारुको काजक्रिया गर्न समस्या रहेको छ । गाउँलेले जुटाएर उनको अन्त्येष्टि गरेका थिए । काजक्रिया पनि सहयोग जुटाएर गरिरहेका छन् ।

दुर्गा माविलाई एक विगाह जग्गा दान दिने बिर्तामोड ९ निवासी दानवीर राजवंशी र उनको परिवारमा यस्तो हविगत भएको हो । राजवंशीको गत बुधवार ७५ वर्षको उमेरमा निधन भएको हो । उनी विगत ६ महिनादेखि प्यारालाइसिस रोगले थलिएका थिए । श्रीमती चम्पा राजवंशीसंग भत्किन लागेको कटेरोमा राजवंशी बस्दै आएका थिए । बृद्ध भत्ताबाटै ती दुवैले गुजारा गरेका थिए ।उनीहरुका तीन छोरा मजदुरी गरेर आफ्नो परिवार पाल्छन् । मृत्यु हुँदा रकम संकलन गरेर अन्त्येष्टि गरेको छिमेकी मुक्ति श्रेष्ठले बताइन् । ‘उनीहरु बस्ने कटेरोमा बर्खाको पानी चुहिन्थ्यो ’उनले भनिन् ‘ पानीबाट जोगाउन प्लाष्टिकले घर छोपिदियौं ।’
गरामनीबाट लखीबारीतर्फ जाने शहीद नेत्र मार्गले छोएको करोडौंको जग्गा राजवंशीले दान दिएका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago