बनाउने भत्काउनेको सम्बन्वय नभएपछि कसरी हुन्छ विकाश

कर्णाली: वातावरणीय प्रभाव मूल्यांकनविना निर्माण गरिएका सडकले खानेपानी, सिँचाइ योजनाहरूमा क्षति भएको गुनासो जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा धेरै नै पुग्ने गरेका छन् ।

विभिन्न निकायबाट जथाभावी डोजर तथा स्काभेटर प्रयोग गरी खनिएका सडकले यस्ता याेजनामा भारी मात्रामा क्षति पुगेको सेवाग्रहीले गुनासो गर्ने गरेकाे मन्त्रालयकाे भनाइ छ । नयाँ तथा पुराना योजनाहरूमा क्षति बनाएपछि स्थानीयले धेरै समय खर्चेर खानेपानी ल्याउनु पर्ने हुन्छ ।

कर्णालीका १० जिल्लामा निर्माण भइरहेका सडकले मुहान पुरिनेदेखि पाइप लाइन समेत चुडाल्दा सेवाग्राहीहरू पानी पिउनबाट बन्चित हुनु परेको छ । जथाभावी सडक निर्माण गर्ने, निर्माण व्यवसायी तथा उपभोक्ता समितिले खानेपानी तथा सिँचाइ मर्मत नगर्दा वर्षेनि समस्या थपिँदै गएको रिर्पोट खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयहरूले जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा पुर्याएका छन् ।

वर्षेनि नयाँ निर्माण भएका योजनाहरू समेत भत्किने, पुरिने हुँदा मर्मतका लागि भारी मात्रामा बजेट माग हुँदा धेरै आर्थिक क्षति भएको कार्यालय प्रमुखले बताएका छन् । सडक निर्माण गर्दा अर्को खानेपानी र सिँचाइ अवरुद्ध हुनुपर्ने अवस्था चिन्ताजनक भएको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले बताए । उनले अन्तर मन्त्रालयसँग समन्वय गरेर यस्ता क्षति रोक्नुपर्ने धारणा राखे ।

उनले भने, ‘हामी निर्माण गर्दै जाने, अर्कोले भत्काउँदै जाने हो भने कसरी काम गर्न सकिन्छ ? वर्षेनि मर्मत मै मात्र पैसा जाने भयो ।’ भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले भत्किएका योजनाहरू बनाउनु पर्ने स्थानीयवासीको माग रहेको छ । प्रत्येक जिल्लामा ५० भन्दा बढी योजनाहरू अवरुद्ध हुने गरेको रिर्पोटमा उल्लेख छ ।

जलस्रोत तथा उर्जा विकास मन्त्रालयले १० जिल्लाका कार्यालय प्रमुखको बैठकमा समेत यो कुराले प्रवेश पाएको छ । जिल्लामा मर्मतका लागि भनेर सानो बजेट जाने तर मर्मत गर्ने योजनाहरूको संख्या ठूलो हुँदा समस्या थपिँदै गएको कार्यालय प्रमुखको भनाइ छ ।

खानेपानी र सिँचाइ योजना भत्किने र क्षति हुने विषयमा छलफल गरेर टुंगोमा पुगिने सचिव देवराज निरौलाले जानकारी दिए । सचिव निरौलाले सुन्दर कर्णाली बनाउन हामी एकै गतिमा रहेको बताए । जति दिन मन्त्रालयमा बस्छु, उति समय नमुना काम गरेर कर्णालीलाई योगदान दिने उनको भनाइ छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago