बनाउने भत्काउनेको सम्बन्वय नभएपछि कसरी हुन्छ विकाश

कर्णाली: वातावरणीय प्रभाव मूल्यांकनविना निर्माण गरिएका सडकले खानेपानी, सिँचाइ योजनाहरूमा क्षति भएको गुनासो जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा धेरै नै पुग्ने गरेका छन् ।

विभिन्न निकायबाट जथाभावी डोजर तथा स्काभेटर प्रयोग गरी खनिएका सडकले यस्ता याेजनामा भारी मात्रामा क्षति पुगेको सेवाग्रहीले गुनासो गर्ने गरेकाे मन्त्रालयकाे भनाइ छ । नयाँ तथा पुराना योजनाहरूमा क्षति बनाएपछि स्थानीयले धेरै समय खर्चेर खानेपानी ल्याउनु पर्ने हुन्छ ।

कर्णालीका १० जिल्लामा निर्माण भइरहेका सडकले मुहान पुरिनेदेखि पाइप लाइन समेत चुडाल्दा सेवाग्राहीहरू पानी पिउनबाट बन्चित हुनु परेको छ । जथाभावी सडक निर्माण गर्ने, निर्माण व्यवसायी तथा उपभोक्ता समितिले खानेपानी तथा सिँचाइ मर्मत नगर्दा वर्षेनि समस्या थपिँदै गएको रिर्पोट खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयहरूले जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा पुर्याएका छन् ।

वर्षेनि नयाँ निर्माण भएका योजनाहरू समेत भत्किने, पुरिने हुँदा मर्मतका लागि भारी मात्रामा बजेट माग हुँदा धेरै आर्थिक क्षति भएको कार्यालय प्रमुखले बताएका छन् । सडक निर्माण गर्दा अर्को खानेपानी र सिँचाइ अवरुद्ध हुनुपर्ने अवस्था चिन्ताजनक भएको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले बताए । उनले अन्तर मन्त्रालयसँग समन्वय गरेर यस्ता क्षति रोक्नुपर्ने धारणा राखे ।

उनले भने, ‘हामी निर्माण गर्दै जाने, अर्कोले भत्काउँदै जाने हो भने कसरी काम गर्न सकिन्छ ? वर्षेनि मर्मत मै मात्र पैसा जाने भयो ।’ भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले भत्किएका योजनाहरू बनाउनु पर्ने स्थानीयवासीको माग रहेको छ । प्रत्येक जिल्लामा ५० भन्दा बढी योजनाहरू अवरुद्ध हुने गरेको रिर्पोटमा उल्लेख छ ।

जलस्रोत तथा उर्जा विकास मन्त्रालयले १० जिल्लाका कार्यालय प्रमुखको बैठकमा समेत यो कुराले प्रवेश पाएको छ । जिल्लामा मर्मतका लागि भनेर सानो बजेट जाने तर मर्मत गर्ने योजनाहरूको संख्या ठूलो हुँदा समस्या थपिँदै गएको कार्यालय प्रमुखको भनाइ छ ।

खानेपानी र सिँचाइ योजना भत्किने र क्षति हुने विषयमा छलफल गरेर टुंगोमा पुगिने सचिव देवराज निरौलाले जानकारी दिए । सचिव निरौलाले सुन्दर कर्णाली बनाउन हामी एकै गतिमा रहेको बताए । जति दिन मन्त्रालयमा बस्छु, उति समय नमुना काम गरेर कर्णालीलाई योगदान दिने उनको भनाइ छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago