नेता गिरी प्रती हार्दिक श्रद्धाञ्जली ।
काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन भएको छ। क्यान्सर रोगबाट पीडित नेता गिरीको गय राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । समाजवादी चिन्तक एवं कांग्रेस नेता गिरि प्रतिनिधिसभा सदस्यसमेत रहेको र पाँच वर्षदेखि घाँटीको क्यान्सर रोगबाट पीडित थिए। भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा क्यान्सरको उपचार गराएर फर्किएपछि उनको छातीमा निमोनिया संक्रमण देखिएको थियो। त्यसपछि ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
नेता गिरिको पार्थिव शरीर अस्पतालको शिवालय मन्दिरमा आइतबार बिहान श्रद्दाञ्जलीका लागि राखिने भएको छ। नेता गिरिको निधनबाट स्तब्ध र मर्माहत भएको भन्दै कांग्रेसले शनिबार राति शोक विज्ञप्ति निकालेको छ। ‘गिरिले नेपाली कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको अतुलनीय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ’, विज्ञप्तिमा लेखिएको छ। गिरिको पार्थिवशरीर आइतबार बिहान ११ः३० देखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ। त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने भएको छ। नेता गिरि प्रती हार्दिक श्रद्धाञ्जली ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…