समाजवादी चिन्तक एवं कांग्रेस नेता गिरीको निधन

नेता गिरी प्रती हार्दिक श्रद्धाञ्जली ।

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन भएको छ। क्यान्सर रोगबाट पीडित नेता गिरीको गय राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । समाजवादी चिन्तक एवं कांग्रेस नेता गिरि प्रतिनिधिसभा सदस्यसमेत रहेको र पाँच वर्षदेखि घाँटीको क्यान्सर रोगबाट पीडित थिए। भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा क्यान्सरको उपचार गराएर फर्किएपछि उनको छातीमा निमोनिया संक्रमण देखिएको थियो। त्यसपछि ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

नेता गिरिको पार्थिव शरीर अस्पतालको शिवालय मन्दिरमा आइतबार बिहान श्रद्दाञ्जलीका लागि राखिने भएको छ। नेता गिरिको निधनबाट स्तब्ध र मर्माहत भएको भन्दै कांग्रेसले शनिबार राति शोक विज्ञप्ति निकालेको छ। ‘गिरिले नेपाली कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको अतुलनीय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ’, विज्ञप्तिमा लेखिएको छ। गिरिको पार्थिवशरीर आइतबार बिहान ११ः३० देखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ। त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने भएको छ। नेता गिरि प्रती हार्दिक श्रद्धाञ्जली ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago