१४६ दिन पछि 50 SMA माथि नेप्से परिसूचक, शक्ति संचय को संकेत , ब्याजदरको आतंक समाप्त

काठमाडौं: ५०-दिनको औसत ट्रेडर र लगानीकर्ताहरूको लागि लोकप्रिय सूचक हो। यो एक गतिशील प्रवृति (Dynamic Trendline) हो जसले स्टक वा अनुक्रमणिकाको (Index) मूल्यको ५० दिनको औसत देखाउँछ। यसलाई (Uptrend) अपट्रेन्डमा महत्त्वपूर्ण टेवा (Support) र (Downtrend) डाउनट्रेन्डमा प्रतिरोध (Resistance) मानिन्छ। चलिरहेको डाउनट्रेन्डमा, यदि मूल्य 50 SMA माथि बन्द हुन्छ भने,ट्रेडरहरूले बजार संचय (Accumulation) सुरु भएको मान्छन्। यसले बियरिशहरुका लागि बुल्सले ट्रेन्डलाई ओभरटेक (Overtake) गर्दैछ ्भन्ने चेतावनी चिन्हको रूपमा काम गर्दछ।

24 फरवरी 022 मा, नेप्से सूचकांक 50 SMA रेखा भन्दा तल बन्द भएको थियो र एक मध्यम-अवधि मंदीको प्रवृत्ति सुरु भएको थियो। आज 98 क्यान्डल (Candles) पछि, अर्थात् 146 क्यालेन्डर दिनहरूपछि, नेप्से 50 SMA लाइन भन्दा माथि पुगेको छ। अहिलेको प्राबिधिक चर्टको अवस्था हेर्दा केही लगानीकर्ताले बजारमा लामो समय हावि भएको ब्याजदरको आतङ्क प्राविधिक रूपमा समाप्त भएको अनुमान गरेका छन् । ठु्लो घाटामा रहेका लगानिकर्ताको लागि यो अवस्थाले घाऊमा मलामको काम गर्न सक्छ। गत आर्थिक बर्षमा अर्थतन्त्र भन्दा शेयर बजारको अवस्था खराब भएको थियो। रात पछि दिन भनेझै शेयर बजारको भबिष्य पनि अब ऊज्यालो हुने आ्शा , लगानिकर्ताले गरेका छन।

अब के अनुगमन गर्ने ?

आगामी सत्रहरू (trading sessions) निगरानी गर्नुहोस् जब सूचकांक राम्रो भोल्युममा चलिरहेको ५०-दिनको औसत भन्दा माथि जारी रहन्छ र कम भोल्युमको साथ सानो सुधार गरेर फेरि माथितिर ्गयो भने, यो खरिदकर्ताले बिक्रेताहरु माथि नियन्त्रण लिने अन्तिम संकेत हुन सक्छ।

ट्रेडर वा लगानीकर्ताले नेप्से अल्फा टेक्निकल स्क्रिनर (Nepse Alpha Technical Screener) प्रयोग गरी नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने ५० दिनको मुभिङ एभरेजभन्दा माथिको स्टक स्क्यान (Stock Scan) गर्न सक्छन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago