एन्फा कार्यसमिति बैठक सुरु

काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ निर्वाचित भएपछि दोस्रो पटक आज (बिहीबार) कार्यसमिति बैठक सुरु भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाएपनी ढिला गरि ८:३० मा मात्रै सुरु भएको थियो । गत सोमबार बैठक बोलाइएपनी अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछी बैठक स्थगित भएको थियो ।

बैठकमा विविधसहित १२ बुदामा एजेन्डा राखिएको छ । जसमा बिबादिद नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ ।

पछिलो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज आज निकै दवावमा पर्न सक्छन् ।

तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सिइओ, प्रवक्ता, उपमहासचिब, तीन सहमहासचिब, मानार्थ अध्यक्ष सहित विभिन्न पदमा आज नियुक्ति हुदैछ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago