सामूहिक बलात्कार मुद्दाको आदेशमा घूस खाएको आशंका!

नेपालगन्ज: बाँके जिल्ला अदालतमा कार्यरत न्यायाधीश श्यामसुन्दर अधिकारीलाई न्याय परिषद्ले सर्वोच्च अदालतमा तानेको छ । उनीमाथि उजुरी परेपछि छानबिनका क्रममा सर्वोच्च तानिएको परिषद्ले जनाएको छ ।

मुद्दाको न्याय सम्पादन गर्न बैंकमै रकम जम्मा गराउन थालेपछि उनी जिल्ला अदालत सप्तरीमा रहँदै विवादित थिए । राजविराजका फलफूल व्यापारी सागरकुमार साहले अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेका थिए । यसका अतिरिक्त साहले आदेश र फैसला प्रभावित पार्न अधिकारीलाई नगदै दिने गरेको खुलेको थियो । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरका मनोजकुमार साहले न्यायाधीश अधिकारीले सागरकुमार साहमार्फत आफ्नो मुद्दा प्रभावित गर्न रकम लिएको भन्दै परिषद्मा उजुरी दिएका थिए ।
पत्नी सुनीताकुमारीलाई सप्तकोसी–२ बस्ने मो अली हुसेनले भगाई विवाह गरेपछि साहले बहुविवाहको मुद्दा चलाएका थिए । हुसेन पक्राउ परी सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भए भने सुनीताकुमारी १८ हजार धरौटीमा रिहा भएकी थिइन् ।

उक्त मुद्दामा साक्षी बकपत्रसमेत भई ०७४ सालमा सुनीताले पति मनोजविरुद्ध मानाचामल मुद्दा हालिन् । बहुविवाहको मिसिलसमेत सामेल गरी नियमअनुसार पेस गर्नु भनी जिल्ला अदालतबाट आदेश भयो । दुवै मुद्दाको एकसाथ ०७५ असार २५ गते पेसी तोकिएकामा सुनीता, उनका भाइ विजयकुमार र हुसेनका छोरा मिली सागरकुमारमार्फत न्यायाधीश अधिकारीलाई पैसा दिएर बहुविवाह मुद्दामा सफाइ पाउने गरी फैसला गरेको आरोप मनोजकुमारले उजुरीमा लगाएका थिए । फलफूल व्यापारी सागरकुमारले न्यायाधीश अधिकारीको माछापुच्छ्रे बैंकमा रहेको खातामा विभिन्न मितिमा पाँच लाख रुपैयाँ पठाएको भौचर कान्तिपुरसँग सुरक्षित छ ।

०७४ असोज ३० गते मनाङ जिल्ला अदालतबाट सरुवा भएर सप्तरी आएका न्यायाधीश अधिकारी ०७५ साउन २ गते जिल्ला अदालत कालीकोट सरुवा भएका थिए । सप्तरीमा रहँदा सामूहिक बलात्कारको एउटा मुद्दाको आदेशमा पनि उनी आलोचित भएका थिए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago