भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी

२०७९, ५ श्रावण बिहीबार ०८:०५

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ ।

भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सतर्कतका मध्यान्ह १२ बजेसम्म अपनाउन पर्ने महाशाखाले जनाएको छ । ‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो एक घण्टा अतिभारी बर्षा मापन भएको छ । सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढी आउनुको साथै पर्सा जिल्लामा डुवान भइरहने होचा स्थानमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाऔं,’ महाशाखाले आज विज्ञप्तिमार्फत् भनेको छ ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु