काठमाडौं: नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । बेलायतको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको नेपाली पासपोर्ट सबैभन्दा कमजोर देखिएको हो । संसारभरिका पासपोर्टहरूको सर्वेक्षणले जापानी पासपोर्ट सबैभन्दा बलियो देखाएको छ । । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये सातौँ स्थानमा देखिएको छ ।
नेपाली पासपोर्ट उत्तर कोरियाभन्दा पनि एक स्थान तल अर्थात् १०६ औं स्थानमा राखेको हो । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१०५ औं) स्थानमा छ । गत वर्ष नेपाल १०९औं स्थानमा रहेको थियो ।
नेपालभन्दा मुनिका सूचीमा प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् । विश्वभरिका देशहरुको पासपोर्टको तुलना गरेर सार्वजनिक गरिएको रिपोर्टमा ११२ औं स्थानमा अफगानिस्तान रहेको छ । जापानी पासपोर्टलाई १९३ मुलुकमा अनअराइभल भिसामार्फत सोझै पहुँच पाउने जनाइएको छ । नेपालको पासपोर्टलाई ३८ वटा मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउने सो रिपोर्टमा उल्लेख छ ।
जापानसहित सिंगापुर, साउथ कोरिया, जर्मनी, स्पेन, फिनल्याण्ड, इटाली, लक्जम्बर्ग, अष्ट्रेयिा, डेनमार्क, नेदरल्याण्ड र स्वीडेनका पासपोर्ट शक्तिशाली पासपोर्टको सूचीमा अग्रस्थानमा छन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…