सरोकारवाला निकायसँग सहकार्य गरि बिकाशनिर्माणको काम गर्ने

काठमाडौँ: सम्बन्ध भएका निकायसँगको सहकार्य र समन्वयले मात्र नागरिकको चाहना अनुसार महानगरको विकास सम्भव हुने बताइएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको पूर्वाधार विकास समन्वय बैठकमा सहभागीले पूर्वाधारको कुनै पनि काम गर्दा सम्बन्ध भएको सबै निकायसँग सहकार्य गरेर मात्र सुरू गर्नुपर्ने धारणा राखेका हुन् ।

कार्यक्रममा कामपा प्रमुख बालेन्द्र साहले आ-आफ्नो कार्यक्षेत्रको जिम्मेवारीपूर्वक समन्वय गरी अघि बढ्न सके विकासको काममा कुनै पनि निकाय बाधक बन्‍न नपर्ने धारणा राखे । प्रमुख साहले भने, ‘विशेषगरी सडक विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल विद्युत् प्राधिकरण र अधिकार सम्पन्‍न बागमती एकीकृत विकास समितिजस्ता निकायसँग सहकार्य हुन सके काम गर्न सजिलो र प्रभावकारी विकास सम्भव हुन्छ ।’

कार्यक्रममा काठमाडौँ उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थल सिसडोलसम्म जाने तीनपिप्ले सडकखण्ड मर्मतको काम सक्दो छिटो सम्पन्‍न गर्न सडक विभागलाई आग्रह गरिएको छ ।

त्यसैगरी नेपाल विद्युत् प्राधिकरणसँग ठूलो अपेक्षा रहेको भन्दै कामपाले यसअघिकै विभिन्‍न शीर्षकमा रहेको बक्यौता रकम बुझाउन अनुरोध पनि गरेको छ । कार्यक्रममा कामपाका उपप्रमुख सुनिता डङ्गोलसहित विभिन्‍न कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago