ललितपुरमा ५१ हजार मतगणना गर्दा चिरिबाबुको अग्रता कायमै

२०७९, ७ जेष्ठ शनिबार ११:५३

काठमाडौँ – ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्।

५१ हजार ५०९ मतगणना गर्दा २६ हजार २३६ मत लिएर महर्जनले अग्रता कायमै राखेका हुन्।

उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १५ हजार ३०७ र राप्रपाका अष्टबहादुर महर्जनले २ हजार ६१० मत ल्याएर पछ्याइरहेका छन्।

उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले १५ हजार १०६ मत ल्याएर अग्रता लिइरहँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १० हजार ५३२ मत ल्याएर पछ्याइरहेका छन्।

उमेदवार नै नभएको रुख चिह्नमा समेत उपमेयरमा ६ हजार ९१५ मत खसेको छ।

ललितपुर महानगरपालिकामा हालसम्म १६ वटा वडाको मतगणना सकिएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु