विराटनगरमा कांग्रेसका नागेश कोइराला मेयर, एमालेकी शिल्पा कार्की उपमेयर

२०७९, ७ जेष्ठ शनिबार ११:१२

मोरङ- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइराला मेयर पदमा विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याउँदा एमालेका सागर थापाले २१४५५ मत ल्याएका छन्।

स्वतन्त्र  उमेश यादवले ८ हजार ७९५  मत ल्याए भने राप्रपाका प्रल्हाद साहले ५ हजार २१६ मत ल्याएका छन्।

उपमेयरमा एमालेकी शिल्पा कार्कीले २५ हजार ६८० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत मात्र ल्याए।

Comments

ताजा खबर