बिर्तामोड: झापाको गौरादह नगरपालिकामा मतगणना रोकिएको छ । गणना कार्यमा निर्वाचन कार्यालयका कर्मचारीको गतिविधि शंकास्पद भएको भन्दै कांग्रेस-माओवादी गठबन्धनले विरोध जनाएपछि गणना कार्य शुक्रबार रातिबाट रोकिएको हो ।

विरोधका कारण गणना कार्य रोकिएको हो । शुक्रबार बेलुका गौरादह-७ को वडाध्यक्ष पदमा एक मतको फरकमा एमालेका उम्मेदवार निर्वाचित भएको भनी निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको थियो । उक्त परिणामप्रति गठबन्धनका प्रतिनिधिले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा एक हजार २० मत पाएका थिए । गठबन्धनका उम्मेदवारले एक हजार १९ मत पाएको परिणाम सार्वजनिक गरिएको थियो ।

गठबन्धनका प्रतिनिधिले निर्वाचन कर्मचारीले धाँधली गरेर एमाले उम्मेदवारको पक्षमा एक मत बढी देखाएको आरोप लगाएका छन् । गठबन्धनले ७ नम्बरमा पुनः मतगणनाको माग राखेको कांग्रेस नगर सभापति यादवराज सेढाईले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago