बिर्तामोड: झापाको गौरादह नगरपालिकामा मतगणना रोकिएको छ । गणना कार्यमा निर्वाचन कार्यालयका कर्मचारीको गतिविधि शंकास्पद भएको भन्दै कांग्रेस-माओवादी गठबन्धनले विरोध जनाएपछि गणना कार्य शुक्रबार रातिबाट रोकिएको हो ।
विरोधका कारण गणना कार्य रोकिएको हो । शुक्रबार बेलुका गौरादह-७ को वडाध्यक्ष पदमा एक मतको फरकमा एमालेका उम्मेदवार निर्वाचित भएको भनी निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको थियो । उक्त परिणामप्रति गठबन्धनका प्रतिनिधिले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा एक हजार २० मत पाएका थिए । गठबन्धनका उम्मेदवारले एक हजार १९ मत पाएको परिणाम सार्वजनिक गरिएको थियो ।
गठबन्धनका प्रतिनिधिले निर्वाचन कर्मचारीले धाँधली गरेर एमाले उम्मेदवारको पक्षमा एक मत बढी देखाएको आरोप लगाएका छन् । गठबन्धनले ७ नम्बरमा पुनः मतगणनाको माग राखेको कांग्रेस नगर सभापति यादवराज सेढाईले जानकारी दिए ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…