यात्रु बाहक बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनकाे अवस्था गम्भीर रहेकाे छ ।
कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रि बस दुर्घटना भएको हो ।शनिबार बिहान ५ बजेको समयमा शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा बस दुर्घटना भएको डाेटी प्रहरीले जनाएको छ ।
घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताए । गम्भीर भएका घाइतेहरूलाई उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको उनले बताए ।
तीव्र गतिमा रहेको बस चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल नदीको किनारमा खसेको छ । बस चालक फरार छन् ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…