यात्रु बाहक बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनकाे अवस्था गम्भीर रहेकाे छ ।
कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रि बस दुर्घटना भएको हो ।शनिबार बिहान ५ बजेको समयमा शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा बस दुर्घटना भएको डाेटी प्रहरीले जनाएको छ ।
घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताए । गम्भीर भएका घाइतेहरूलाई उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको उनले बताए ।
तीव्र गतिमा रहेको बस चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल नदीको किनारमा खसेको छ । बस चालक फरार छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…