काठमाडौं: चितवनको भरतपुर महानगरपालिका–१८ की धनु अधिकारीले गत आइतबार आफ्नो फेसबुक पेजमा रुँदै गरेको इमोजी राख्दै स्टाटस् सहित केही फोटो पोष्ट गरिन् । उक्त पोष्टमा उनी केही कृषकका साथमा काँक्रोको थुप्रोमाथि बसेको देखिन्छन् ।
रेसुङ्गा कृषि फार्मकी सञ्चालिका समेत रहेकी अधिकारीले फेसबुकमा लेखेकी छन्, ‘समाज र राष्ट्रलाई टेवा पुर्याउँछु, आफ्नो जीवनयापन गर्छु, केही थोरै कमाउँछु र समाज सेवा गर्छु भन्ने उदेश्य बोकेर विगत ३ बर्षदेखि कृषि क्षेत्रमा आवद्ध म एक युवा, तर राष्ट्रको लापरबाहीका कारण आज म जस्ता हजारौं किसानले उत्पादन गरेर बजार नपाउँदा बारीमै फाल्नु परेको छ । यो जस्तो बिडम्बना के हुन सक्छ ? तपाईंहरु अनुमान लगाउन सक्नुहुन्छ ? झण्डै ३५ सय किलो काँक्रो बारीमै कुहिँदैछ । पाँच रुपैयाँमा पनि बिक्री भएन ।’
फेसबुक पोष्ट पछ्याउँदै अधिकारीको सम्पर्कमा पुग्दा बुधबार उनले काँक्रो खेतीबाट आफूले ठूलो क्षति बेहोर्नुपरेको गुनासो गरिन् । ऋण धन गरेर ५ बिगाहमा लगाएको हजारौं किलो काँक्रो ५ रुपैयाँ प्रतिकिलोमा पनि नबिके पछि आफ्नो गुनासो गरिन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…