काठमाडौं: चितवनको भरतपुर महानगरपालिका–१८ की धनु अधिकारीले गत आइतबार आफ्नो फेसबुक पेजमा रुँदै गरेको इमोजी राख्दै स्टाटस् सहित केही फोटो पोष्ट गरिन् । उक्त पोष्टमा उनी केही कृषकका साथमा काँक्रोको थुप्रोमाथि बसेको देखिन्छन् ।
रेसुङ्गा कृषि फार्मकी सञ्चालिका समेत रहेकी अधिकारीले फेसबुकमा लेखेकी छन्, ‘समाज र राष्ट्रलाई टेवा पुर्याउँछु, आफ्नो जीवनयापन गर्छु, केही थोरै कमाउँछु र समाज सेवा गर्छु भन्ने उदेश्य बोकेर विगत ३ बर्षदेखि कृषि क्षेत्रमा आवद्ध म एक युवा, तर राष्ट्रको लापरबाहीका कारण आज म जस्ता हजारौं किसानले उत्पादन गरेर बजार नपाउँदा बारीमै फाल्नु परेको छ । यो जस्तो बिडम्बना के हुन सक्छ ? तपाईंहरु अनुमान लगाउन सक्नुहुन्छ ? झण्डै ३५ सय किलो काँक्रो बारीमै कुहिँदैछ । पाँच रुपैयाँमा पनि बिक्री भएन ।’
फेसबुक पोष्ट पछ्याउँदै अधिकारीको सम्पर्कमा पुग्दा बुधबार उनले काँक्रो खेतीबाट आफूले ठूलो क्षति बेहोर्नुपरेको गुनासो गरिन् । ऋण धन गरेर ५ बिगाहमा लगाएको हजारौं किलो काँक्रो ५ रुपैयाँ प्रतिकिलोमा पनि नबिके पछि आफ्नो गुनासो गरिन् ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…