एमालेले ठीक समयमा ठीक निर्णय गर्दै अगाडि बढिरहेको-ओली

काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई भनेका छन् ।
प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको दाबी गर्दै उनले त्यसको विरोध नगर्न एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरूलाई भनेका हुन् ।
केन्द्रीय सल्लाहकार परिषद्को बिहीबार बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते आफू प्रधानमन्त्री पदमा रहेका बेला गरिएको प्रतिनिधिसभा विघटनको भुलेर पनि विरोध नगर्न भनेका हुन् । ‘केही केही साथीहरूले यस्सो मौका पर्‍या बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गर्नुभएको छ,’ उनले भने, ‘यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भूलचुकले पनि नबोल्न आग्रह गर्दछु । वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो र नै आज हामी यहाँ छौं ।’

अब एमाले पार्टी एकस्वरमा अगाडि बढ्नुपर्ने भन्दै विरोधका आवाज र पार्टीले विगतमा गरेका निर्णयविरुद्ध नबोल्न ओलीले नेताहरूलाई भनेका हुन् । एमालेले ठीक समयमा ठीक निर्णय गर्दै अगाडि बढिरहेको उनको दाबी थियो । ‘स्पष्टताका साथ, बिनाद्विविधा एकस्वरले अगाडि बढ्नुपर्छ । समान कदमका साथ, एक ताल, एक सुर, एक लयमा अगाडि बढ्नुपर्छ,’ उनले थपे, ‘आज प्रमुख शक्तिको हैसियत हामीले कायम रहेका छौं । देशमा एमालेको लहर सिर्जना गरेका छौं । होइन भने एमाले गन्तव्यहीन, दिशाहिन खत्तम भएर, ध्वस्त भएर, प्रचण्ड-माधवहरूको कब्जामा जान्थ्यो ।’
प्रतिनिधिसभा विघटन गरी ठीक निर्णय नलिएको भए एमाले पुष्पकमल दाहाल र माधवकुमार नेपालको व्यक्तिगत र पारिवारिक इच्छापूर्तिमा लागेर समाप्त हुने थियो भन्ने ओलीको भनाइ थियो । ‘त्यसो भएर हामी ठीक निर्णयका साथ ठीक समयमा ठीक ढंगले अगाडि बढेका छौं,’ उनले भने ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago