काठमाडौं: ननट्यारिफ बीमा व्यवसायको न्युनतम दर खारेजीको माग गर्दै बीमा समितिमा धर्ना बसेका निर्माण व्यवसायी र इप्पानका प्रतिनिधिहरुले भोलि पनि धर्ना गर्ने भएका छन् । कालो व्यानर, पर्चा, पम्प्लेट सहित बीमा समिति पुगेका व्यवसायीहरुले बीमा समितिको चर्को विरोध गरेका थिए ।
नारावाजी सहित शान्तिपुर्ण धर्नामा उत्रिएका व्यवसायीहरुले ननट्यारिफ बीमा व्यवसायको न्युनतम दरलाई तत्काल खारेज गर भन्दै विरोध गरेका थिए । उनिहरुले उक्त दरलाई फिर्ता नलिएसम्म धर्ना कार्यक्रमलाई जारी राख्ने जनाएका छन् । नारावाजी पछि आजको धर्नालाई स्थगित गरी भोलि पनि आजैकै समयमा बस्ने भन्दै फिर्ता भएका छन् । बीमा समितले गत असोज ६ गते जारी गरेको नन ट्यारिफ बीमा व्यवसायको न्यनतम दरको विरोधमा धर्ना कार्यक्रम गरेका हुन् ।
बीमा समितिले उनिहरुलाई आगामी समोबार छलफलका लागि बोलाएको छ । तर समितिको निर्देशनलाई अवज्ञा गर्दै उनिहरु धर्नामा उत्रिएका हुन् । बीमा समितिले ननट्यारिफ बीमा व्यववसायमा अस्वस्थ प्रतिस्पर्धा हुन थाले पछि दर निर्धारण गरिदिएको हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…