सर्वाधिक तल्लो विन्दु नजिक पुगेर बाउन्स व्याक

काठमाडौं: शेयर बजार एक वर्ष अवधिकै सर्वाधिक तल्लो विन्दु नजिक पुगेर बाउन्स व्याक भएको छ । प्राविधिक विश्लेषकहरुले अहिलेको वियरिस ट्रेण्डको तल्लो विन्दु २२५० देखि २२८० सम्म हुन सक्ने अनुमान गरेका थिए । विश्लेषकहरुले भने जस्तै आज नेप्से सूचक २२८७ अंकसम्म तल झरेर फर्किएको हो ।

आजै नेप्से सूचक ४० अंकसम्मले तल झर्यो । यसरी ४० अंकको बाउन्स व्याक भएर ४.४९ अंकले सुधार भएको छ । साताको अन्तिक कारोबार दिनमा अधिकाम्स सूचक हरियो भएर बन्द भएको छ । अन्तिम समयमा सूचकमा सुधार देखिएकाले कारोबार रकम एक अर्ब ६२ करोड रुपैयाँमै सिमित भएको छ । बाणिज्य बैंक, विकास, फाइनान्स, निर्जीवन र म्युचुअल फण्डको सूचक घटेका छन् भने बाँकी सूचकमा सुधार देखिएको छ । सर्वाधिक धेरै बढ्ने क्रममा ग्रिन भेन्चर र जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको छ ।

यदि शेयर बजार आइतबार पनि सुधार देखियो भने अहिलेको वियरिस ट्रेण्डको अन्तिम विन्दु आजैको हुने विश्लेषकहरुको भनाई छ । तर बजार सुधारका सैद्धान्तिक आधारहरुमा खासै परिवर्तन नभएको हुँदा लगानीकर्ताको मनोविज्ञान सुधार हुने देखिदैन ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago