सर्वाधिक तल्लो विन्दु नजिक पुगेर बाउन्स व्याक

काठमाडौं: शेयर बजार एक वर्ष अवधिकै सर्वाधिक तल्लो विन्दु नजिक पुगेर बाउन्स व्याक भएको छ । प्राविधिक विश्लेषकहरुले अहिलेको वियरिस ट्रेण्डको तल्लो विन्दु २२५० देखि २२८० सम्म हुन सक्ने अनुमान गरेका थिए । विश्लेषकहरुले भने जस्तै आज नेप्से सूचक २२८७ अंकसम्म तल झरेर फर्किएको हो ।

आजै नेप्से सूचक ४० अंकसम्मले तल झर्यो । यसरी ४० अंकको बाउन्स व्याक भएर ४.४९ अंकले सुधार भएको छ । साताको अन्तिक कारोबार दिनमा अधिकाम्स सूचक हरियो भएर बन्द भएको छ । अन्तिम समयमा सूचकमा सुधार देखिएकाले कारोबार रकम एक अर्ब ६२ करोड रुपैयाँमै सिमित भएको छ । बाणिज्य बैंक, विकास, फाइनान्स, निर्जीवन र म्युचुअल फण्डको सूचक घटेका छन् भने बाँकी सूचकमा सुधार देखिएको छ । सर्वाधिक धेरै बढ्ने क्रममा ग्रिन भेन्चर र जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको छ ।

यदि शेयर बजार आइतबार पनि सुधार देखियो भने अहिलेको वियरिस ट्रेण्डको अन्तिम विन्दु आजैको हुने विश्लेषकहरुको भनाई छ । तर बजार सुधारका सैद्धान्तिक आधारहरुमा खासै परिवर्तन नभएको हुँदा लगानीकर्ताको मनोविज्ञान सुधार हुने देखिदैन ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago