पर्सा: जीउ मास्ने बेच्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णुबहादुर थापा छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले २०४६ भदौ १८ गते दुई जना महिलालाई भारतको मुम्बईको कोठीमा लगी बिक्री गरेको प्रहरीले जनाएको छ । सोही घटनामा जिल्ला प्रहरी कार्यालय पर्साबाट जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजन पश्चात पर्सा जिल्ला अदालतले २०६१ चैत १४ गते उनलाई १० वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका–३ मा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…