चीनको हनान प्रान्तको बोआओमा राष्ट्रपतिको सम्बोधन

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले बोआओ फोरमको वार्षिक सम्मेलनलाई सम्बोधन गरेकी छिन् । आज बिहान उनले भिडीयो सन्देशमार्फत् सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले त्यहाँ हुने छलफलले महामारी नियन्त्रण र आर्थिक पुनरुत्थानलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।

महामारीबाट सिकेको महत्वपूर्ण शिक्षाबारे चर्चा गर्दै राष्ट्रपति भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षा र स्वास्थ्य पूर्वाधारको विकासमा जोड दिएन् । उनले विश्व समुदाय समक्ष नेपाल जस्ता अल्पविकसित मुलुकको आर्थिक पुनरुत्थानका लागि उदारताका साथ सहयोग गर्न विशेष अनुरोध समेत गरेकी थिइन् ।

विश्वले सामना गरिरहेको चुनौतीबाट साझेदारी, सहकार्य र पारस्पारिक सहयोगमार्फत् मुक्त हुन सकिने भन्दै राष्ट्रपति भण्डारीले ‘सम्पूर्ण क्षेत्र’ र ‘सम्पूर्ण विश्व’को अवधारणामा अघि बढ्नुपर्ने बताइन् ।

राष्ट्रपतिले हिमाली तथा टापु राष्ट्रहरूको अर्थतन्त्र र मानव जीवनमा जलवायु परिवर्तनले उत्पन्न गरेका प्रतिकूलताबारे उल्लेख गर्दै विश्वव्यापी तापमान न्यूनीकरण गर्न सबै देशलाई कार्बन उत्सर्जन कटौती गर्न आग्रह गरेकी थिइन् ।

सम्मेलन आज र भोलि चीनको हनान प्रान्तको बोआओमा जारी छ । सम्मेलन ‘कोभिड–१९ को समयमा र त्यसबाहिर विश्वः साझा भविष्य र विश्वव्यापी विकासका लागि सहकार्य’ का विषयमा केन्द्रित छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago