काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले बोआओ फोरमको वार्षिक सम्मेलनलाई सम्बोधन गरेकी छिन् । आज बिहान उनले भिडीयो सन्देशमार्फत् सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले त्यहाँ हुने छलफलले महामारी नियन्त्रण र आर्थिक पुनरुत्थानलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।
महामारीबाट सिकेको महत्वपूर्ण शिक्षाबारे चर्चा गर्दै राष्ट्रपति भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षा र स्वास्थ्य पूर्वाधारको विकासमा जोड दिएन् । उनले विश्व समुदाय समक्ष नेपाल जस्ता अल्पविकसित मुलुकको आर्थिक पुनरुत्थानका लागि उदारताका साथ सहयोग गर्न विशेष अनुरोध समेत गरेकी थिइन् ।
विश्वले सामना गरिरहेको चुनौतीबाट साझेदारी, सहकार्य र पारस्पारिक सहयोगमार्फत् मुक्त हुन सकिने भन्दै राष्ट्रपति भण्डारीले ‘सम्पूर्ण क्षेत्र’ र ‘सम्पूर्ण विश्व’को अवधारणामा अघि बढ्नुपर्ने बताइन् ।
राष्ट्रपतिले हिमाली तथा टापु राष्ट्रहरूको अर्थतन्त्र र मानव जीवनमा जलवायु परिवर्तनले उत्पन्न गरेका प्रतिकूलताबारे उल्लेख गर्दै विश्वव्यापी तापमान न्यूनीकरण गर्न सबै देशलाई कार्बन उत्सर्जन कटौती गर्न आग्रह गरेकी थिइन् ।
सम्मेलन आज र भोलि चीनको हनान प्रान्तको बोआओमा जारी छ । सम्मेलन ‘कोभिड–१९ को समयमा र त्यसबाहिर विश्वः साझा भविष्य र विश्वव्यापी विकासका लागि सहकार्य’ का विषयमा केन्द्रित छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…