सुर्खेत: कर्णाली प्रदेश योजना आयोग ६ महिनादेखि पदाधिकारीविहीन बनेको छ । सत्ता गठबन्धनको किचलोले आयोग पदाधिकारीविहीन भएका हुन् । आगामी आर्थिक वर्षको बजेट आउन झन्डै २ महिना बाँकी हुँदासमेत आयोग पदाधिकारीविहीन बनेको छ ।
सत्ता गठबन्धनका दलहरू कांग्रेस, माओवादी र समाजवादीबीचको भागबन्डा नमिल्दा आयोगले पूर्णता पाउन सकेको छैन । आयोगले मध्यकालीन खर्च संरचना, मन्क्रालयको कार्यत्रमको बजेट तथा कार्यक्रमको विस्तृत विवरण तयार गर्छ ।
त्यस्तै स्थानीय तहमा जाने अनुदानको वर्गीकरण निर्णयजस्ता महत्त्वपूर्ण विषयमा आयोगको भूमिका हुन्छ । आयोगले गरेको चालु आर्थिक वर्षको समीक्षाका आधारमा आगामी वर्षको बजेट तयार पार्नुपर्छ । ‘तर ६ महिनायता आयोगमा त्यससम्बन्धी कुनै काम भएको छैन,’ आयोगका एक कर्मचारीले भने, ‘यो वर्षको समीक्षा र योजनाबिनै कस्तो बजेट बन्ला ?’ उनका अनुसार विकास योजना निर्माण, नीति तथा कार्यक्रमको कार्यान्वयन, अनुगमन र मूल्यांकनको कामसमेत आयोगले गर्दै आएको छ ।

आयोग यसअघि पनि पदाधिकारीविहीन भएको थियो । यसअघि आयोगका तत्कालीन उपाध्यक्ष डा. पुण्य रेग्मी र सदस्य योगेन्द्र शाहीले २०७७/६/११ गते राजीनामा दिएपछि केही समय आयोग पदाधिकारीविहीन भएको थियो । त्यसपछि सर्वराज खड्का उपाध्यक्षमा नियुक्त भएका थिए । खड्काले झन्डै १ वर्षसम्म काम गरेपछि सरकार परिर्वतन भएसँगै आयोग पदाधिकारीविहीन भएको हो ।
मन्त्रालयबाट आएको सिलिङका आधारमा योजना बनाउने र बजेट बाँडफाँट गर्ने जिम्मेवारी पनि आयोगकै हो । योजनाका विज्ञहरू नहुँदा आगामी वर्षमा बन्ने योजना र बजेट छुट्याइमा फरक पर्ने योजना आयोगका सदस्यसचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झकप्रसाद आचार्यले बताए । ‘आयोगमा विज्ञ पदाधिकारी भएको भए कस्ता योजना र कहाँ बनाउने भन्ने सल्लाह पाइन्थ्यो,’ उनले भने, ‘बजेट विनियोजनका विषयमा छलफल हुन्थ्यो, बजेट छिट्टै कार्यान्वयनमा जान्थ्यो ।’ सरकारका लागि दीर्घकालीन योजना, नीति तथा कार्यक्रम र बजेट बनाउन आयोगको महत्त्वपूर्ण भूमिका हुने आयोगका पूर्वसदस्य डा. दीपेन्द्र रोकायाले बताए ।

मुख्यमन्त्री एवं प्रदेश योजना आयोगका पदाधिकारी पदपूर्ति गर्ने तयारी गरेकै बेला निर्वाचन आचारसंहिता लागेकाले समस्या भएको बताए । ‘आयोगले यसअघि नै बहुवर्षीय र पञ्चवर्षीय योजना तय गरिसकेकाले त्यसका आधारमा बजेट बनाइनेछ,’ उनले भने, ‘आयोगले तय गरेकै प्राथमिकताका आधारमा आगामी वर्षको नीति तथा कार्यक्रम पनि तय गरिनेछ ।’

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago