घोषणा पत्रमा भ्रष्टाचार नगर्ने र आज आफुसंग भएको चल अचल सम्पत्ति देखाउनेलाई मात्र भोट

धनगढी: स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूले आफनो घोषणा पत्रमा के गर्छु, के गर्दिनँ भनेर बुँदागत रूपमा स्पष्ट ल्याउनेलाई भोट दिनुपर्ने नागरिक समाजका अगुवाहरूले औंल्याएका छन् ।
बितेको पाॅंच वर्षमा स्थानीय तहमा जनप्रतिनिधिको व्यापक लुटतन्त्र चल्यो’ धनगढी नागरिक समाजका अगुवा प्रमोद पाठकले भने, ‘कोभिड–१९ को महामारीका बेला पनि स्थानीय तहले प्रभावकारी भूमिका निभाउन सकेन । उल्टैं कुहिएको चामल बाँडेर स्थानीयको जनभावनामाथि ठेस पुगाए ।’
धनगढी उपमहानगरपालिकाले अढाई करोडको चामल खरिद गरेर बाँडेको चामल कुहिएको फेला परेको थियो । पाठकले ०७४ को स्थानीय तहको चुनावमा लगाएका नाराहरू पूरा गर्न नसकेको बताए । ‘त्यसैले उम्मेदवारले यो गर्छु, त्यो गर्छु भनेर आश्वासनका पोका बाँड्ने होइन,’ उनले भने, ‘वडा अध्यक्षदेखि मेयर/ उपमेयरका आआफ्नो घोषणापत्र होस् जुन एकपाने भए पनि हुन्छ, यो गर्छु/यो गर्दिनँ भन्ने कुरा खुलेको होस् ।’ बृहस्पति रिसर्च सेन्टरका अध्यक्ष वीरेन्द्र बमले धनगढी उपमहानगरको सवालमा चुनावमा लागेका नारा पूरा नभएको बताए । उनका अनुसार नगर प्रमुख नृपबहादुर वडको चुनावी मुद्दा खोलानाला अतिक्रमण हटाउने, बजार र आवासीय क्षेत्रमा ढलको व्यवस्था गरी पानी निकास दिएर नगरवासीलाई डुबानको समस्याबाट मुक्त गर्ने, छाडा चौपाया व्यवस्थापन गर्ने र नगरको भित्री र मुख्य सडक स्तरोन्नति गरी फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरी स्मार्ट सिटी घोषणा गर्ने थिए ।

‘वडका चुनावी नारा एउटा पनि पूरा भएको छैन,’ बमले भने, ‘एडीबीको ऋण सहयोगमा बन्ने फराकिला सडक योजना साॅंघुरा बनायो र चार वर्षसम्म डम्पिङ साइटका लागि जग्गा खोज्न सकेन । उल्टैं भ्रष्टाचारका कुरा बढी बाहिर आए ।’

शिक्षाकर्मी मदनराज भट्टले राजनीतिक दलले सिंहदरबार घरघरमा नारा लगाएको स्मरण गर्दै भने, ‘स्थानीय तहका जनप्रतिनिधिले जनतालाई सिंहदरबार घरमा पुगेको कुनैं आभास गराउन सकेनन ।’ उनले सामान्य सेवा सुविधामा सुधार गर्न नसकेको बताए । ‘असाध्यैं ढिलो सेवा सुविधा दिए,’ उनले भने, ‘योजना र कार्यक्रम पनि खल्तीमा हाले ।’ उनका अनुसार आफ्नो भोट बैंक भएको टोलमा पिचमाथि पिच गरे, नभएकोमा ग्राबेल पनि हालेनन् । कैलालीका १३ वटा स्थानीय तहमध्ये एउटाले पनि नमुना काम गर्न नसकेको अर्का बुद्धिजीवी डवल रावलले बताए ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago