घोषणा पत्रमा भ्रष्टाचार नगर्ने र आज आफुसंग भएको चल अचल सम्पत्ति देखाउनेलाई मात्र भोट

धनगढी: स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूले आफनो घोषणा पत्रमा के गर्छु, के गर्दिनँ भनेर बुँदागत रूपमा स्पष्ट ल्याउनेलाई भोट दिनुपर्ने नागरिक समाजका अगुवाहरूले औंल्याएका छन् ।
बितेको पाॅंच वर्षमा स्थानीय तहमा जनप्रतिनिधिको व्यापक लुटतन्त्र चल्यो’ धनगढी नागरिक समाजका अगुवा प्रमोद पाठकले भने, ‘कोभिड–१९ को महामारीका बेला पनि स्थानीय तहले प्रभावकारी भूमिका निभाउन सकेन । उल्टैं कुहिएको चामल बाँडेर स्थानीयको जनभावनामाथि ठेस पुगाए ।’
धनगढी उपमहानगरपालिकाले अढाई करोडको चामल खरिद गरेर बाँडेको चामल कुहिएको फेला परेको थियो । पाठकले ०७४ को स्थानीय तहको चुनावमा लगाएका नाराहरू पूरा गर्न नसकेको बताए । ‘त्यसैले उम्मेदवारले यो गर्छु, त्यो गर्छु भनेर आश्वासनका पोका बाँड्ने होइन,’ उनले भने, ‘वडा अध्यक्षदेखि मेयर/ उपमेयरका आआफ्नो घोषणापत्र होस् जुन एकपाने भए पनि हुन्छ, यो गर्छु/यो गर्दिनँ भन्ने कुरा खुलेको होस् ।’ बृहस्पति रिसर्च सेन्टरका अध्यक्ष वीरेन्द्र बमले धनगढी उपमहानगरको सवालमा चुनावमा लागेका नारा पूरा नभएको बताए । उनका अनुसार नगर प्रमुख नृपबहादुर वडको चुनावी मुद्दा खोलानाला अतिक्रमण हटाउने, बजार र आवासीय क्षेत्रमा ढलको व्यवस्था गरी पानी निकास दिएर नगरवासीलाई डुबानको समस्याबाट मुक्त गर्ने, छाडा चौपाया व्यवस्थापन गर्ने र नगरको भित्री र मुख्य सडक स्तरोन्नति गरी फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरी स्मार्ट सिटी घोषणा गर्ने थिए ।

‘वडका चुनावी नारा एउटा पनि पूरा भएको छैन,’ बमले भने, ‘एडीबीको ऋण सहयोगमा बन्ने फराकिला सडक योजना साॅंघुरा बनायो र चार वर्षसम्म डम्पिङ साइटका लागि जग्गा खोज्न सकेन । उल्टैं भ्रष्टाचारका कुरा बढी बाहिर आए ।’

शिक्षाकर्मी मदनराज भट्टले राजनीतिक दलले सिंहदरबार घरघरमा नारा लगाएको स्मरण गर्दै भने, ‘स्थानीय तहका जनप्रतिनिधिले जनतालाई सिंहदरबार घरमा पुगेको कुनैं आभास गराउन सकेनन ।’ उनले सामान्य सेवा सुविधामा सुधार गर्न नसकेको बताए । ‘असाध्यैं ढिलो सेवा सुविधा दिए,’ उनले भने, ‘योजना र कार्यक्रम पनि खल्तीमा हाले ।’ उनका अनुसार आफ्नो भोट बैंक भएको टोलमा पिचमाथि पिच गरे, नभएकोमा ग्राबेल पनि हालेनन् । कैलालीका १३ वटा स्थानीय तहमध्ये एउटाले पनि नमुना काम गर्न नसकेको अर्का बुद्धिजीवी डवल रावलले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago