कसरी पायो समाजवादी पार्टीले पोखरा, के छ लेखाजोखा मतदाताको मनस्थिती

काठमाडौं: स्थानीय तहको निर्वाचन आउन २४ दिन बाँकी छ । विभिन्न राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटिरहेका छन् । अगामी चुनावमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । अघिल्लो चुनावमा एमालेले जितेका क्षेत्रहरूमा सत्ता गठबन्धन दलले एक आपसमा भागवण्डा गरेर जीत हासिल गर्ने रणनीति बनाएका छन् ।

सत्ता गठबन्धन दलबीच पोखरा लेखनाथ महानगरपालिका प्रमुखको उम्मेदवार माधव कुमार नेपाल नेतृत्वको नेकपा एसबाट बनाउने करिब करिब सहमति भएको छ । काँग्रेसले दाबी गरे पनि मंगलबार काँग्रेसले आफ्नो दाबी छोडेको छ ।

यसै सन्दर्भमा हामीले २०७४ सालको स्थानीय तह चुनावमा कास्कीको पोखरा महानगरपालिकामा राजनीतिक दलहरूको अवस्था कस्तो थियो ? सो महानगरपालिकामा तत्कालीन समयको मत परिणाम कस्तो थियो त्यसको अवलोकन गरेका छौँ ।

२०७४ को स्थानीय तहको निर्वाचनका बेला १ लाख ६८ हजार ६९ मतदाता रहेकोमा हाल ३९ हजार ६ सय ४३ मतदाता बढेर २ लाख ७ हजार ७ सय १२ मतदाता पुगेका छन् । ५ वर्षको अवधिमा महानगरपालिकाहरू मध्ये सबैभन्दा धेरै मत पोखरा महानगरपालिकामा बढेको हो ।

अघिल्लो चुनावमा पोखरा लेखनाथ महानगरपालिकाका ३३ वडामध्ये २२ वडामा एमाले विजयी भएको थियो भने ११ वटा वडामा काँग्रेस विजयी भएको थियो । काँग्रेस र एमालेले मात्र यहाँका सम्पूर्ण वडाहरू कब्जा गरेको थियो भने अन्य कुनै पनि दलले एउटा वडा समेत जित्न सकेका थिएनन् । महानगरपालिकामा आगामी निर्वाचनपछिको नजिता कस्तो हुनेछ त्यो प्रतीक्षाको विषय रहेको छ ।

​अघिल्लो चुनावमा पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा एमालेका मानबहादुर जिसी निर्वाचित भएका थिए । जिसीले ६० हजार ११८ मत पाएर महानगर प्रमुखमा विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका रामजी कुँवरलाई १३ हजार ७०२ मत अन्तरले पराजित गरेका थिए । निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरेका थिए ।

यस्तै संघीय समाजवादी फोरम नेपालका हुमबहादुर गुरुङले ३ हजार १७० मत प्राप्त गरेका थिए भने राप्रपाका रिता गुरुङले २२ सय ७२ मत प्राप्त गरेकी थिइन् । त्यस्तै अखण्ड नेपाल पार्टीका उम्मेदवार मोती गिरीले २ सय ९६ मत पाएका थिए । यो निर्वाचनमा चौटौँ स्थानमा रहेको नेकपा मालेका उम्मेदवार टेकनाथ भण्डारीले २ सय ९८ मत पाएका थिए । राष्ट्रिय जनमोर्चाका उम्मेदवार चन्द्र बहादुर खत्री क्षेत्रीले २०६ मत प्राप्त गरेका थिए । स्वतन्त्र उम्मेदवार अमन विक्रम थापाले १४० मत ल्याएका थिए ।

महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएकी थिइन । उनले ५६ हजार ४४८ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत पाएकी थिइन् । माओवादी केन्द्रका उम्मेदवार गोमा ढकालले ८ हजार ७ सय ९६ मत, राप्रपाका रमेशबहादुर खत्रीले २ हजार ८ सय ४० मत पाएका थिए । त्यस्तै उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले २ हजार १सय ९९ मत प्राप्त गरेका थिए । यस्तो थियो पोखरा लेखनाथ महानगर पालिकाका ३३ वडामा राजनीतिक दलहरूको अवस्था

वडा नं १ :

यो वडामा नेकपा एमालेका उम्मेदवार शारदा कुमारी पराजुली ११ सय १३ मत ल्याई वडा अध्यक्षमा विजयी भएकी थिइन् ।

काङ्ग्रेस : ७ सय ९६ मत

सङ्घीय समाजवादी फोरम नेपाल : १ सय ७८ मत

माओवादी केन्द्र : १ सय १९ मत

वडा नं २ :

यो वडामा नेपाली काङ्ग्रेसका उम्मेदवार रामेश्वर मल्ल ९ सय ३४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

एमाले : ५ सय ६३ मत

माओवादी केन्द्र : ७७ मत

वडा नं ३ :

यो वडामा काङ्ग्रेसका रवीन्द्र बहादुर प्रजा ९ सय ६३ मत ल्याएर विजयी भएका थिए ।

एमाले : ६ सय ४८ मत

माओवादी केन्द्र : १ सय ५७ मत

वडा नं ४ :

नेपाली काङ्ग्रेसका शंकर प्रसाद बास्तोला यो वडामा ८ सय १७ मत ल्याएर विजयी भएका थिए ।

एमाले : ६ सय ३२ मत

राप्रपा : ४२ मत

माओवादी केन्द्र : ३४ मत

वडा नं ५ :

यो वडामा एमालेका धनबहादुर नेपाली विजयी भएका थिए । उनले १७ सय ६८ मत ल्याएका थिए ।

काङ्ग्रेस : १२ सय ४६ मत

माओवादी केन्द्र : १ सय ६ मत

वडा नं ६ :

यो वडाबाट कांग्रेसका जगत बहादुर पहारी १४ सय ६४ मत ल्याई विजयी भएका थिए ।

नेकपा एमाले : १२ सय ६९ मत

माओवादी केन्द्र १ सय ९७ मत

वडा नं ७ :

यो वडामा नेकपा एमालेका रामचन्द्र बराल १२ सय १२ मतले बडा अध्यक्षमा विजयी भएका थिए ।

काङ्ग्रेस : ११ सय ११ मत

माओवादी केन्द्र : १ सय ६४ मत

नयाँ शक्ति : १ सय १ मत

वडा नं ८ :

यो वडामा एमालेका रुद्रनाथ बराल १६ सय ३ मतसहित वडा अध्यक्षमा विजयी भएका थिए ।

काङ्ग्रेस : १६ सय ६३ मत

माओवादी केन्द्र : ९९ मत

वडा नं ९ :

यो वडामा काङ्ग्रेसका उम्मेदवार रामराज लामिछाने ११ सय ७४ मत ल्याएर विजयी भएका थिए ।

एमाले : ९ सय ८२ मत

माओवादी केन्द्र : ३ सय १३ मत

राप्रपा : १ सय ४१ मत

वडा नं १० :

यो वडामा काङ्ग्रेसका उम्मेदवार राजकुमार गुरुङ १४ सय ४६ मत पाएर अध्यक्षमा निर्वाचित भएका थिए ।

एमाले : १ हजार २० मत

माओवादी केन्द्र : ३ सय ५ मत

वडा नं ११ :

यो वडामा काङ्ग्रेसका मोहन बहादुर बास्तोला १७ सय ७८ मत ल्याई विजयी भएका थिए ।

एमाले : १५ सय ४९ मत

माओवादी केन्द्र : २ सय ६६ मत

वडा नं १२ :

यो वडामा काङ्ग्रेसका राम बहादुर कार्की १ हजार ४६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

एमाले : ८ सय २९

माओवादी केन्द्र : ४ सय ३९ मत ।

वडा नं. १३ :

यो वडामा एमालेका लेखबहादुर तामाङ २६ सय ६ मत ल्याई विजयी भएका थिए ।

काङ्ग्रेस : १६ सय ८ मत

माओवादी केन्द्र : ३ सय ९८ मत

संघीय समाजवादी फोरम नेपाल : १ सय ८६ मत

वडा नं १४ :

यो वडामा एमालेका उम्मेदवार प्रेमबहादुर कार्की क्षेत्री १८ सय ६ मत ल्याएर विजयी भएका थिए ।

काङ्ग्रेस : १६ सय ७४ मत

राप्रपा : ४ सय ६६ मत

माओवादी केन्द्र : २ सय ५१ मत

वडा नं १५ :

यो वडामा एमालेका प्रकाश पौडेल १९ सय ४४ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका थिए ।

काङ्ग्रेस : १४ सय ४७ मत

माओवादी केन्द्र : ६ सय ३२ मत

राप्रपा : ५ सय ६८ मत

वडा नं १६ :

यो वडामा नेकपा एमालेका जीवन प्रसाद आचार्य ३१ सय ३३ मत ल्याएर विजयी भएका थिए ।

काङ्ग्रेस : २८ सय ६८ मत

माओवादी केन्द्र :२ सय २१ मत

वडा नं १७ :

यो वडामा एमालेका तीर्थराज अधिकारी ३ हजार ४६ मत ल्याई विजयी भएका थिए ।

काङ्ग्रेस : १७ सय ८३ मत

माओवादी केन्द्र : ३ सय ६९ मत

वडा नं १८ :

यो वडामा नेकपा एमालेका रणबहादुर थापा क्षेत्री १६ सय ७९ मत ल्याई विजयी भएका थिए ।

काङ्ग्रेस : ९ सय ७१ मत

माओवादी केन्द्र ३ सय ३३ मत

वडा नं १९ :

यो वडामा एमालेका मोहन पौडेल यस वडामा २४ सय ८३ मत ल्याई विजयी भएका थिए ।

काङ्ग्रेस : १९ सय ६० मत

माओवादी केन्द्र : २०० मत

वडा नं २० :

यो वडामा एमालेका खिमबहादुर गुरुङ १२ सय २३ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।

काङ्ग्रेस : ६ सय ३१ मत

स्वतन्त्र : ३ सय ३४ मत

राप्रपा : ९० मत

माओवादी केन्द्र : ४१ मत

वडा नं २१ :

यो वडामा नेकपा एमालेका उम्मेदवार खगराज आचार्य २५ सय ४४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

काङ्ग्रेस : ८ सय १३ मत

माओवादी केन्द्र : ७ सय ७ मत

राप्रपा : ३ सय ४० मत

वडा नं २२ :

यो वडामा एमालेका मित्रलाल बराल १४ सय ३० मत ल्याई विजयी भएका थिए ।

काङ्ग्रेस : १३ सय ९८ मत

माओवादी केन्द्र : ६ सय ५८ मत

वडा नं २३ :

यस वडामा काङ्ग्रेसका विष्णुप्रसाद पराजुली १ हजार ५८ मत ल्याई विजयी भएका थिए ।

नेकपा एमाले : ८ सय १ मत

माओवादी केन्द्र : ६ सय ४४ मत

वडा नं २४ :

यो वडामा एमालेका उम्मेदवार ओमप्रसाद सुवेदी १५ सय ८० मत ल्याएर विजयी भएका थिए ।

काङ्ग्रेस : १४ सय १९ मत

माओवादी केन्द्र : १ सय ७४ मत

वडा नं २५ :

यो वडामा एमालेका शोभाकर तिम्सिना २१ सय ६५ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका थिए ।

काङ्ग्रेस : १४ सय ९३ मत

माओवादी केन्द्र : ५ सय ९० मत

वडा नं २६ :

यो वडामा एमालेका नारायणप्रसाद बराल २१ सय ३० मत ल्याएर विजयी भएका थिए ।

काङ्ग्रेस : १५ सय ८६

माओवादी केन्द्र : ३ सय ५६ मत

वडा नं २७ :

यो वडामा काङ्ग्रेसका पूर्णकुमार गुरुङ १६ सय ९० मत ल्याई विजयी भएका थिए ।

एमाले : १३ सय ६७ मत

माओवादी केन्द्र : ४ सय ७ मत

स्वतन्त्र : १ सय ८ मत

वडा नं २८ :

यो वडामा एमालेका उम्मेदवार निर्मल सुनार १५ सय २५ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका थिए ।

काङ्ग्रेस : १४ सय ४८ मत

माओवादी केन्द्र : २ सय ४० मत

वडा नं २९ :

यो वडामा एमालेका चेतबहादुर गुरुङ १४ सय ४८ मत ल्याई विजयी भएका थिए ।

काङ्ग्रेस : १२ सय २३ मत

माओवादी केन्द्र : ३ सय ९८ मत

वडा नं ३० :

यो वडामा एमालेका श्रीराम पोख्रेल २ हजार २८ मत ल्याइ विजयी भएका थिए ।

काङ्ग्रेस : १९ सय २५ मत

माओवादी केन्द्र : ४ सय ७६ मत

वडा नं ३१ :

यो वडामा एमालेका कमलबहादुर थापा क्षेत्री १७ सय ६१ मत ल्याएर विजयी भएका थिए ।

काङ्ग्रेस : १२ सय ६१ मत

माओवादी केन्द्र : ३ सय ९७ मत

वडा नं ३२ :

यो वडामा काङ्ग्रेसका अक्कलबहादुर कार्की १७ सय ६९ मत ल्याई विजयी भएका थिए ।

एमाले : १६ सय ८० मत

माओवादी केन्द्र : ६ सय ५३ मत

वडा नं ३३ :

यो वडामा एमालेका शिवप्रसाद आचार्य २३ सय ७३ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।

काङ्ग्रेस : १९ सय ९१ मत

माओवादी केन्द्र : ४ सय ३८ मत

नयाँ शक्ति : १ सय ४७ मत

Comments
Kamal Panthi

Recent Posts

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago