काठमाडौं: अभिनेत्री केकी अधिकारीले विवाह गरेको चर्चाले बुधबार दिनभर फिल्म क्षेत्र गर्मायो । तर उनले बुधबार विवाह नभई मेहेन्दी उत्सव गरेकी छन् । उनको विवाह भने बिहीबार हुँदैछ । केकीले प्रेमी रोहित तिवारीसँग विवाह गर्ने जनाइएको छ । रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् । केकी र रोहित एकवर्षदेखि प्रेम सम्बन्धमा थिए । तर प्रेम सम्बन्धलाई उनीहरुले सार्वजनिक गरेका थिएनन् । मेहेन्दी उत्सवमा केकीका परिवारका सदस्य र केही साथी मात्र उपस्थित रहेको स्रोतले बतायो ।
किन चल्यो विवाहको हल्ला ?
केकीको विवाहको खबरले बुधबार दिनभर फिल्म क्षेत्र तातियो । उनले गुपचुप विवाह गरेको खबर समेत बाहिरियो, तर त्यसको पुष्टि गर्ने आधार भने थिएन ।
केकीका नजिकका साथीहरुले पनि विवाह भएको विषयमा आफूहरुलाई जानकारी नभएको बताएका थिए । केकीका नजिकका साथी मानिने अभिनेत्री बेनिशा हमाल, ऋचा शर्मा र निर्देशक विशाल भण्डारीले केकीले विवाह गरेको विषयमा अनभिज्ञता प्रकट गरे । बेनिशाले भनिन्, ‘केकीको बिहेबारे मलाई थाहा नहुने कुरै हुँदैन । मलाई थाहा नदिई त कसरी बिहे गरिन् होला र ? यो कुरामा सत्यता छैन ।’
यस्तै निर्देशक विशाल र अर्की अभिनेत्री ऋचाले पनि केकीले विवाह गरेको हल्ला सुनेको तर सत्य नभएको बताएका थिए । यद्यपि केकीले सामान्य तरिकाले विवाह गर्ने कुरा भने पहिलेदेखि नै बताउने गरेको विशालले बताएका थिए ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…