आर्थिक संकटमा श्रीलंका : कागज पनि किन्न सकेन

कागजको नभएपछि श्रीलंकाले पश्चिमी प्रान्तका लाखौं विद्यालय विद्यार्थीहरूको लागि परीक्षा रद्द गर्न बाध्य भएका छन् । कोलम्बोसँग आयात गर्नका लागि डलरको कमी भएपछि यो समस्या सिर्जना भएको अधिकारीहरूले बताएका छन् । शिक्षा अधिकारीहरूका अनुसार परीक्षाहरू, कागजको चरम अभावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको छ । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता पाएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ।

“प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्रा सुरक्षित गर्न नसक्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन सक्दैनन्,” झन्डै ६० लाख जनसंख्या रहेको पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ ।

कक्षा ९, १० र ११ को परीक्षाहरु निरन्तर मूल्याङ्कन प्रक्रियाको अंश हो । विद्यार्थीहरूलाई वर्षको अन्त्यमा अर्को कक्षामा बढुवा गर्नका लागि यो लिइन्छ । आर्थिक सङ्कटबीच अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले मुलुकमा खाद्यान्न, इन्धन र औषधिको अभाव भएको देखाएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago