राजनीतिक संकटका बेला सम्झिने नाम ‘गिरिजाप्रसाद‘ , सन्दर्भ १२ औं स्मृति दिवस

काठमाडौं: हरेक राजनीतिक पार्टीका आ–आफ्नै इतिहास छन्। इतिहास बनाउन व्यक्ति चाहिन्छ। नेपालको इतिहासमा नेपाली कांग्रेस पुरानो पार्टी हो। स्थापनादेखि अहिलेसम्मको इतिहास हेर्ने हो भने सबैभन्दा धेरै समय सत्तामा रहने पार्टी नेपाली कांग्रेस नै हो ।

आफू सत्तामा रहँदा कांग्रेसले के गर्न सक्यो वा सकेन, इतिहास साक्षी छ। जतिबेला कांग्रेसको जन्म भयो, आजका दिनसम्म आइपुग्दा धेरैले नेतृत्व पनि गरे। ती सबै नेतृत्व गर्नेहरु सक्षम भए त? अनि आजको कांग्रेसले हिजो योगदान गर्ने नेतृत्वहरुलाई बिर्सिएकै हो त? आज हामी कांग्रेसका ती दिवंगत नेतृत्वलाई सम्झँदै छौं, जसको कांग्रेसमा अझै अभाव छ र, रहन्छ सधैंसधैं। उनी हुन्– गिरिजाप्रसाद कोइराला ।

गिरिजाप्रसाद (जिपी) कोइरालाको जन्म १९८१ साल असार १८ गते भएको थियो। कृष्णप्रसाद कोइरालाका तीन छोराहरु मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसादमध्ये उनी कान्छा हुन्। दाजुहरुको प्रेरणाले राजनीतिमा प्रवेश गरेका गिरिजाप्रसाद सानैदेखि निडर र हक्की स्वभावका थिए।

नेपाली कांग्रेसका पाँचौं सभापति थिए, उनी । २०४८ साल जेठ १२ देखि २०५१ साल मंसिर १४, २०५५ साल वैशाख २ देखि २०५६ साल जेठ १७ सम्म, २०५६ साल चैत ९ देखि २०५८ साल साउन ११ र २०६५ साल जेठ १५ देखि २०६५ साल भदौ २ सम्म गरी कोइराला चारपटक प्रधानमन्त्री भएका थिए।

उनी नेपाली कांग्रेसका सभापति र तत्कालीन सात राजनीतिक दलहरूको मोर्चाका नेता थिए। उनी ६० वर्षभन्दा धेरै समयदेखि राजनीतिमा संलग्न भएका थिए। उनले आफ्नो राजनीतिक जीवनको सुरुआत, आफ्नो गृहनगर विराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा सुरु गरेका थिए।

नेपालमा २०५२ सालदेखि तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धलाई शान्तिपूर्ण अवतरण गराउने श्रेय कोइरालालाई छ। उनले २०६३ साल मंसिर ५ गते माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विस्तृत शान्ति सम्झौता गरेपछि नेपालमा जनयुद्धको विधिवत अन्त्य भयो र, गणतन्त्रको बिउ रोपिएको हो।

सशस्त्र युद्धमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसादले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। राजनीतिक जीवनमा कोइरालाले पार्टीभित्र र राष्ट्रिय राजनीतिका विषयमा लिने अडान र निर्णयबारे विरोधसमेत हुने गरेको थियो।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दसवर्षे हिंसात्मक आन्दोलनलाई औपचारिकरुपमा अन्त्य गर्न विस्तृत शान्ति सम्झौतामा २०६३ साल मंसिर ५ गते सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका थिए। शान्ति सम्झौतामा देशमा जारी हिंसात्मक आन्दोलन अन्त्य गर्दै मुलुकलाई शान्तिपूर्ण बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

उक्त सम्झौतामा सेना समायोजन तथा हतियार व्यवस्थापन, संविधानसभा चुनाव र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने विषयलाई प्राथमिकता दिइएको थियो । शान्ति सम्झौताले प्राथमिकतामा राखेका विषय नेपालका लागि त महत्वपूर्ण थियो नै अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई चासोका साथ हेरेको थियो।

सेना समायोजन भइसकेको छ। जनताद्वारा निर्वाचित संविधानसभाले बनाएको संविधान पनि कार्यान्वयनमा आइसकेको छ। तर, संक्रमणकालीन न्यायको काम भने हुन सकेको छैन । संक्रमणकालीन न्यायको कार्यभार टुंग्याउन अझै कति वर्ष लाग्ने हो भन्न सक्ने अवस्था छैन। द्वन्द्वपीडितलाई न्याय दिन र संक्रमणकाल अन्त्यका लागि ६ महिनाभित्र संक्रमणकालीन न्याय संयन्त्र गठन गर्ने उल्लेख शान्ति सम्झौतामा थियो।

सम्झौतामा हस्ताक्षर गर्ने मध्येका एक कोइरालाको निधन भए पनि अर्का हस्ताक्षरकर्ता प्रचण्ड अहिले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षको भूमिकामा छन्। बेलाबेलामा प्रचण्डले अहिले पनि विभिन्न सम्बोधनमा गिरिजाप्रसादसँग भएका तत्कालीन सम्झौताका पानाहरू पल्टाउने गरेका छन्। तर, कार्यान्वयनमा भने उनी चुकेका छन्। त्यतिबेलाको सम्झौताअनुसार संक्रमणकालीन न्याय संयन्त्र गठन हुन नसक्दा पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन्।

२०६६ साल चैत ७ गते गिरिजाप्रसाद कोइरालाको निधन भयो। गिरिजाप्रसादकी पत्नी सुष्मा कोइरालाको त्यसअघि नै निधन भइसकेको थियो। कांग्रेस नेतृ उनकी छोरी सुजाता अहिले सांसद पनि हुन् । नेपाली कांग्रेसमा मात्र होइन, नेपाली राजनीतिमा गिरिजाप्रसादको अभाव सधैं रहनेछ भने नेपाली कांग्रेसले अब उनीजस्ता सभापति पाउन निकै कठिन छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago