भिडको आक्रमणमा परी प्रहरी जवान श्रेष्ठको घटनास्थलमै मृत्यु

विराटनगर: मोरङको लेटाङ–५ खेरुवामा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएको छ । स्थानीय शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया वालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा उत्तेजीत भिडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । कोसी अस्पतालमा राति ११ बजे शव ल्याइएकी श्रेष्ठको घाँटीमा ठूलो प्वाल रहेको आकस्मिक कक्षका एक चिकित्सकले बताए ।
होलीका दिन होली खेल्ने क्रममा घरमा आएका सामाजिक शिक्षाका विषयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले आफूलाई यौनदुर्व्यवहार गरेको कक्षा ६ मा पढ्ने १२ वर्षीया छात्राले बताएकी थिइन । उक्त घटनाबारे शिक्षक र अविभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

श्रेष्ठलाई आक्रोशित भिडले छुरा प्रहार गरेको र उनको उपचारकालागि विराटनगर लैजाने क्रममा मृत्यु भएको दाहालले बताए । प्रजिअ दाहालका अनुसार आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्याँस र हवाई फायर गरेको थियो । त्यस क्रममा लेटाङ ८ का मिलन खड्का र आयुष लिम्बुलाई प्रहरीको गोली लागेको छ । अवस्था सामान्य रहेका उनीहरुको नोवेल शिक्षण अस्पतालमा उपचार भइरहेको दाहालले वताए ।

उत्तेजित भीडले पौडेलसहित अन्य शिक्षकलाई पनि बन्धक बनाएर आक्रमण गर्ने प्रयास गर्दा स्थितीलाई नियन्त्रण गर्न पुगेका प्रहरीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । त्यसक्रममा थप १६ जना सुरक्षाकर्मी घाइते भएको प्रजिअ दाहालले वताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

स्थानीयबासी प्रशान्त निरौलाकाअनुसार आक्रोशित भिडले शिक्षक पौडेल सहित अन्य शिक्षक र जनप्रतिनिधिलाई घेरामा हालेर अन्धाधुन्ध आक्रमण गरेपछि सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गर्दा घटना भएको हो । उनका अनुसार भिड नियन्त्रण गर्न प्रहरीले दर्जनबढी हवाई फायर गरेको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago