काठमाडौं: अधिक मात्रामा नुनको सेवनले उच्च रक्तचाप मात्र होइन, आँखा, मृगौला, हड्डी तथा मस्तिष्कमा समेत नराम्रो असर पार्छ । यसले हड्डीलाई पातलो बनाउनुका साथै पेटको क्यान्सर निम्त्याउँछ ।
कतिले खाना माथि नुन छरेर खान्छन् । यो अझ खतरनाक हुन्छ । यसबाट बच्न सलाद तथा फलफुलमा कालो नुन वा वीरे नुनको प्रयोग गर्न सकिन्छ । शरीरमा नुन अर्थात सोडियमको मात्रा बढी भए, नभएको थाहा पाउन निकै सजिलो छ । शरीरमा यी लक्षणहरु देखा परे नुनको प्रयोग तुरुन्तै कम गर्न सकिन्छ ।
१. डिहाईड्रेसन शरीरमा नुनको मात्रा अधिक भएमा मुख सुख्खा हुन्छ । अधिक प्यास लाग्छ । पानी पिएपनि तिर्सना मेटिदैन । यस्तो लक्षण भएमा शरीरमा नुनको मात्रा अधिक छ भनेर बुझ्न सकिन्छ ।

२. सुन्निने जब शरीरमा सोडियमको मात्रा अधिक हुन्छ, त्यतिबेला यसले रगतमा मिलेर शरीरमा कयौ प्रकारका हानी गर्न थाल्छ । यसले गर्दा पिसाब कम हुन्छ र शरीरका विभिन्न भागहरु सुन्निन थाल्छ ।

३. उच्च रक्तचाप जब तपाईको रक्तचाप अचानक बढ्न थाल्छ र तनाव उत्पन्न हुन थाल्छ, बुझनुहोस्, शरीरमा नुनको मात्रा अधिक छ । किनकी जब शरीरमा नुनको मात्रा अधिक हुन्छ, त्यतिबेला शरीरमा भएको नुन रगतमा मिसिएर मुटुमा दबाव दिन थाल्छ, जसले गर्दा मुटुको धडकन तेज हुनुका साथै उच्च रक्तचापको समस्या निम्तन्छ ।

४. मृगौलामा पत्थरी शरीरमा सोडियमको मात्रा बढ्नाले पिसाबमा कैल्सियमको मात्रा स्वतः बढ्ने गर्छ । जसले गर्दा मृगौलामा पत्थरीको सम्भावना अधिक हुन पुग्छ ।
५. मोटोपना अधिक मात्रामा नुनको सेवनले शरीरमा पानीको कमी गराउँछ , जसले गर्दा मानिसमा मोटोपनाको समस्या निम्त्याउने गर्छ ।
६. एसिडिटी जो मानिसलाई एसिडिटीकेा समस्या हुन्छ, उसको शरीरमा पनि सोडियकको मात्रा अधिक हुनसक्छ । अधिक मात्रामा नुनको सेवनले शरीरमा व्याक्टेरियाको निर्माण गर्छ, जसले गर्दा समय समयमा पेटमा समस्या उब्जने र ग्याष्ट्रिक , एसिडिटी लगायको समस्या निम्तने गर्छ ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago