काठमाडौं: अधिक मात्रामा नुनको सेवनले उच्च रक्तचाप मात्र होइन, आँखा, मृगौला, हड्डी तथा मस्तिष्कमा समेत नराम्रो असर पार्छ । यसले हड्डीलाई पातलो बनाउनुका साथै पेटको क्यान्सर निम्त्याउँछ ।
कतिले खाना माथि नुन छरेर खान्छन् । यो अझ खतरनाक हुन्छ । यसबाट बच्न सलाद तथा फलफुलमा कालो नुन वा वीरे नुनको प्रयोग गर्न सकिन्छ । शरीरमा नुन अर्थात सोडियमको मात्रा बढी भए, नभएको थाहा पाउन निकै सजिलो छ । शरीरमा यी लक्षणहरु देखा परे नुनको प्रयोग तुरुन्तै कम गर्न सकिन्छ ।
१. डिहाईड्रेसन शरीरमा नुनको मात्रा अधिक भएमा मुख सुख्खा हुन्छ । अधिक प्यास लाग्छ । पानी पिएपनि तिर्सना मेटिदैन । यस्तो लक्षण भएमा शरीरमा नुनको मात्रा अधिक छ भनेर बुझ्न सकिन्छ ।
२. सुन्निने जब शरीरमा सोडियमको मात्रा अधिक हुन्छ, त्यतिबेला यसले रगतमा मिलेर शरीरमा कयौ प्रकारका हानी गर्न थाल्छ । यसले गर्दा पिसाब कम हुन्छ र शरीरका विभिन्न भागहरु सुन्निन थाल्छ ।
३. उच्च रक्तचाप जब तपाईको रक्तचाप अचानक बढ्न थाल्छ र तनाव उत्पन्न हुन थाल्छ, बुझनुहोस्, शरीरमा नुनको मात्रा अधिक छ । किनकी जब शरीरमा नुनको मात्रा अधिक हुन्छ, त्यतिबेला शरीरमा भएको नुन रगतमा मिसिएर मुटुमा दबाव दिन थाल्छ, जसले गर्दा मुटुको धडकन तेज हुनुका साथै उच्च रक्तचापको समस्या निम्तन्छ ।
४. मृगौलामा पत्थरी शरीरमा सोडियमको मात्रा बढ्नाले पिसाबमा कैल्सियमको मात्रा स्वतः बढ्ने गर्छ । जसले गर्दा मृगौलामा पत्थरीको सम्भावना अधिक हुन पुग्छ ।
५. मोटोपना अधिक मात्रामा नुनको सेवनले शरीरमा पानीको कमी गराउँछ , जसले गर्दा मानिसमा मोटोपनाको समस्या निम्त्याउने गर्छ ।
६. एसिडिटी जो मानिसलाई एसिडिटीकेा समस्या हुन्छ, उसको शरीरमा पनि सोडियकको मात्रा अधिक हुनसक्छ । अधिक मात्रामा नुनको सेवनले शरीरमा व्याक्टेरियाको निर्माण गर्छ, जसले गर्दा समय समयमा पेटमा समस्या उब्जने र ग्याष्ट्रिक , एसिडिटी लगायको समस्या निम्तने गर्छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…