अब बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बरले सहयोग गर्ने

काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोगमार्फत कृषि उत्पादन अभियान सुरु गर्ने भएको छ । बजेट भाषणमा सरकारले बाँझो जमिनको उपयोग नीति अघि सारेपनि व्यवहारिक कार्यन्वयन हुन नसकेको भन्दै चेम्बरले खाली जमिनको उपयोगमार्फत कृषि उत्पादन वृद्धि गर्ने अभियान थालेको हो । यसका लागि चेम्बरका ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘कृषि प्रधान मुलुकमा जमिन बााझो राखेर अहिले पनि वार्षिक २ खर्ब भन्दा बढीको कृषि उपजको आयत गरिरहेका छौं । युवाहरुलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्न चेम्बरले आवश्यक सबै समन्वय गर्नेछ ।’

नेपालको कृषि क्षेत्रमा इजरायली अवधारणा अवलम्वन गर्नेगरी नीतिगत व्यवस्थाका लागि सरकारसँग पहल गर्ने पनि चेम्बरले निर्णय गरेको छ । नेपालका लागि इजरायलका राजदूत खनार गोदारसँग चेम्बरले इजरायलको कृषि उत्पादन मोडलबारे जानकारी समेत लिएको छ । इजरायलमा कृषिमा लाग्ने नागरिकलाई सरकारले १ सय वर्षका लागि जमिन उपलब्ध गराउनुका साथै लगानी र अन्य प्राविधिक सहयोग समेत गरिदिने भएकाले उत्पादनमा अग्रणी बन्न सफल भएको राजदूत गोदारले बताए ।
इजरायलमा १ दशमवल ७ प्रतिशत नागरिक मात्रै कृषिमा संलग्न भएपनि उच्चतम प्रविधि मार्फत मुलुक खाद्यान्नमा आत्मर्निभर तथा निर्यात गर्ने देशको हैसियतमा पुगेको राजदूत गोदारले बताए । उनले भने, ‘इजरायलमा कृषि पेशा सौखले गरिएको छैन । कृषकले यसलाई व्यवसाय र जीवनको महत्वपूर्ण हिस्सा बनाएका छन् ।’ नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा कृषि अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने भएको छ । इजरायल चेम्बर अफ कमर्ससँग सहकार्य मार्फत सातै प्रदेशमा अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago