त्रिभुवन विमानस्थलमा अर्धठोस सुनसहित विमानस्थलबाट भारतीय र बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ: हिमालय एयरलाईन्सको उडान नम्बर एच ९५६६ मार्फत् दुबईबाट काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मत तोफिक उल्लाहलाई प्रहरीले ९ सय ३६ ग्राम अर्धसुनसहित पक्राउ गरेको छ । साथै भन्सार छली गराउने काममा संलग्न रहेको भन्दै भारतीय नागरिक पारसनाथ साह पनि पक्राउ परेका छन् ।

सोमबार त्रिभुवन विमानस्थल आगमन टनेल गेटमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा मोहम्मतलाई पक्राउ गरेको हो । उनले पाइन्टको कम्मरको भागमा फल्स बटम बनाई ‘मेटल डिटेक्टर’ ले डिटेक्ट गर्न नसक्ने बनाएर पेटी आकारको अर्धठोस सुनको पोका १ थान र भित्री बस्त्रमा लुकाएर बेलना आकारको अर्धठोस सुन २ थान ल्याएको पाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रहरीले ९ सय ३६ ग्राम अर्थात् ७७ लाख १९ हजार ६ सय ६० रुपैयाँको सुन बरामद गरेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका मोहम्मतले भारतीय नागरिक पारसनाथ साहले भन्सार छली गर्न लगाएको बताएका छन्। प्रहरीले भारतीय नागरिक साहलाई समेत प्रक्राउ गरी अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ । साथै उनीहरूको साथबाट सुन बरामद गरी दुवैलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरनमा बुझाइएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago