त्रिभुवन विमानस्थलमा अर्धठोस सुनसहित विमानस्थलबाट भारतीय र बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ: हिमालय एयरलाईन्सको उडान नम्बर एच ९५६६ मार्फत् दुबईबाट काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मत तोफिक उल्लाहलाई प्रहरीले ९ सय ३६ ग्राम अर्धसुनसहित पक्राउ गरेको छ । साथै भन्सार छली गराउने काममा संलग्न रहेको भन्दै भारतीय नागरिक पारसनाथ साह पनि पक्राउ परेका छन् ।

सोमबार त्रिभुवन विमानस्थल आगमन टनेल गेटमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा मोहम्मतलाई पक्राउ गरेको हो । उनले पाइन्टको कम्मरको भागमा फल्स बटम बनाई ‘मेटल डिटेक्टर’ ले डिटेक्ट गर्न नसक्ने बनाएर पेटी आकारको अर्धठोस सुनको पोका १ थान र भित्री बस्त्रमा लुकाएर बेलना आकारको अर्धठोस सुन २ थान ल्याएको पाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रहरीले ९ सय ३६ ग्राम अर्थात् ७७ लाख १९ हजार ६ सय ६० रुपैयाँको सुन बरामद गरेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका मोहम्मतले भारतीय नागरिक पारसनाथ साहले भन्सार छली गर्न लगाएको बताएका छन्। प्रहरीले भारतीय नागरिक साहलाई समेत प्रक्राउ गरी अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ । साथै उनीहरूको साथबाट सुन बरामद गरी दुवैलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरनमा बुझाइएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago