नेपाली क्रिकेट टोलीले क्यानडालाई ८ विकेटले पराजित गरेकाे छ

नेपाली क्रिकेट टोलीले क्यानडालाई ८ विकेटले पराजित गरेकाे छ। क्यानडाले दिएकाे ८१ रनकाे लक्ष्य नेपालले १४.१ ओभरमै पूरा गर्‍यो।

आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत साेमबार ओमानको अल अमेरात क्रिकेट मैदानमा क्यानडा विरुद्ध उत्कृष्ट बलिङ र फिल्डिङ गरेकाे नेपालले झिनाे लक्ष्य सहजै पूरा गरेको हो। योसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

नेपालका लागि सुरुवाती ब्याट्सम्यान कुशल भुर्तेलले नट आउट ३७ बलमा ३४ रन जाेडे। उनले तीन चाैका हिर्काए। यस्तै, दिपेन्द्र सिंह ऐरीले ३१ बलमा ३७ रन जाेडे। उनले पनि ३ चाैका हिर्काएका थिए। आरिफ शेखले १ चाैका र १ छक्काकाे हिर्काउँदै १६ बलमा १७ रन बनाए। उनी सलमान नजारकाे बलमा एलिबडब्लुमा मैदानबाट बाहिरिए। कुशल मल्ल १ बल खेलेर शून्यमा आउट भए।

क्यानडाका लागि कलिम साना र सलमान नजरले १-१ विकेट लिए। 

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन बनाएकाे थियाे। क्यानडाका कप्तान नवनीत धालिवालले १४ बलमा १८, रायन पठानले ११ बलमा १४ र डिलन हेलिगरले २२ बलमा २४ रन बनाए। 

क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कप्तान सन्दीप लामाछानेले ३, कमलसिंह ऐरीले २, अविनाश बाेहाेराले २ र कुशल मल्लले १ विकेट लिए । कप्तान लामिछानेले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। लामिछानले क्यानडाका हमजा तारिक, कलीम साना र जुनैद सिद्दिकीलाई आउट गरे।

कमलसिंह ऐरीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । ऐरीले पहिलो ओभरको पाँचौँ बलमा क्यानडाका म्याथ्यू स्पोर्सलाई शून्य रनमा पेभेलिएन फर्काए। ऐरीले फ्यालेको बल छक्का हान्न खोज्दा मिड विकेटमा बसेका कुशल भुर्तेलले क्याच गरे। त्यस्तै, ऐरीले नै अर्को विकेट लिँदै क्यानडाका कप्तान नवनीत धालिवाललाई पनि खेलबाहिर पारिदिएका थिए।

सन्दीप लामिछानेको कप्तानीमा नेपालका तर्फबाट कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, शरद भेष्वाकर, कमल ऐरी, अविनाश बोहरा, जितेन्द्र मुखिया मैदानमा उत्रिएका थिए।

विश्वकप छनोट अन्तर्गत खेलेका तीन खेलमा विजयी भएकाे नेपाल ६ अंक सहित समुह ‘ए’काे शिर्ष स्थानमा छ। तिन खेलमा २ जित र १ हार सहित ओमान दाेस्राे स्थानमा छ।

प्रतियोगिताअन्तर्गत नेपालले यसअघि आयोजक ओमान र फिलिपिन्सलाई पराजित गरेको थियो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago