नेपाली क्रिकेट टोलीले क्यानडालाई ८ विकेटले पराजित गरेकाे छ

नेपाली क्रिकेट टोलीले क्यानडालाई ८ विकेटले पराजित गरेकाे छ। क्यानडाले दिएकाे ८१ रनकाे लक्ष्य नेपालले १४.१ ओभरमै पूरा गर्‍यो।

आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत साेमबार ओमानको अल अमेरात क्रिकेट मैदानमा क्यानडा विरुद्ध उत्कृष्ट बलिङ र फिल्डिङ गरेकाे नेपालले झिनाे लक्ष्य सहजै पूरा गरेको हो। योसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

नेपालका लागि सुरुवाती ब्याट्सम्यान कुशल भुर्तेलले नट आउट ३७ बलमा ३४ रन जाेडे। उनले तीन चाैका हिर्काए। यस्तै, दिपेन्द्र सिंह ऐरीले ३१ बलमा ३७ रन जाेडे। उनले पनि ३ चाैका हिर्काएका थिए। आरिफ शेखले १ चाैका र १ छक्काकाे हिर्काउँदै १६ बलमा १७ रन बनाए। उनी सलमान नजारकाे बलमा एलिबडब्लुमा मैदानबाट बाहिरिए। कुशल मल्ल १ बल खेलेर शून्यमा आउट भए।

क्यानडाका लागि कलिम साना र सलमान नजरले १-१ विकेट लिए। 

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन बनाएकाे थियाे। क्यानडाका कप्तान नवनीत धालिवालले १४ बलमा १८, रायन पठानले ११ बलमा १४ र डिलन हेलिगरले २२ बलमा २४ रन बनाए। 

क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कप्तान सन्दीप लामाछानेले ३, कमलसिंह ऐरीले २, अविनाश बाेहाेराले २ र कुशल मल्लले १ विकेट लिए । कप्तान लामिछानेले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। लामिछानले क्यानडाका हमजा तारिक, कलीम साना र जुनैद सिद्दिकीलाई आउट गरे।

कमलसिंह ऐरीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । ऐरीले पहिलो ओभरको पाँचौँ बलमा क्यानडाका म्याथ्यू स्पोर्सलाई शून्य रनमा पेभेलिएन फर्काए। ऐरीले फ्यालेको बल छक्का हान्न खोज्दा मिड विकेटमा बसेका कुशल भुर्तेलले क्याच गरे। त्यस्तै, ऐरीले नै अर्को विकेट लिँदै क्यानडाका कप्तान नवनीत धालिवाललाई पनि खेलबाहिर पारिदिएका थिए।

सन्दीप लामिछानेको कप्तानीमा नेपालका तर्फबाट कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, शरद भेष्वाकर, कमल ऐरी, अविनाश बोहरा, जितेन्द्र मुखिया मैदानमा उत्रिएका थिए।

विश्वकप छनोट अन्तर्गत खेलेका तीन खेलमा विजयी भएकाे नेपाल ६ अंक सहित समुह ‘ए’काे शिर्ष स्थानमा छ। तिन खेलमा २ जित र १ हार सहित ओमान दाेस्राे स्थानमा छ।

प्रतियोगिताअन्तर्गत नेपालले यसअघि आयोजक ओमान र फिलिपिन्सलाई पराजित गरेको थियो।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago