राजीनिक समिकरणमा केहि परिवर्तन हुने चर्चा सँगै आज नेप्से सूचक २५.४१ अंकले सुधार

काठमाडौं । राजनीतिक उचार चढाव सँग सँगै शेयर बजारमा पनि तिव्र उतार चढाव देखिएको छ । आइतबार एमसीसी संसदमा टेबल भए पनि प्रतिपक्षी तथा अन्य दलले गरेको चर्को विरोध पछि शेयर बजार ३९ अंकले घटेको थियो । तर सोमबार नेकपा एमालेले एमसीसी पारितका लागि सरकारलाई सघाउने र राजीनिक समिकरणमा केहि परिवर्तन हुने चर्चा सँगै आज नेप्से सूचक २५.४१ अंकले सुधार देखिएको छ ।

पछिल्लो समय राजनीतिक मुद्दा नै शेयर बजार उतार चढावको कारण बन्न थालेको छ । आम जनताले एमसीसीको विरोध गर्दै गर्दा यसको पारित हुने समाचारले भने शेयर बजारलाई उचालिरहेको छ । बैंकिङ तरलता अभावले चरम रुप लिदा पनि शेयर बजारलाई भने राजनीतिक मुद्दाले प्रभाव पार्न थालेको छ ।

नेपाल राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक समिक्षाका क्रममा मार्जीन प्रकृतिको शेयर धितोकर्जा लगायतका कर्जामा कडाइ गर्ने नीति लिए पनि यसको ठुलो असर शेयर बजारमा देखिएन । बरु सरकारले एमसीसी पारित गर्नका लागि लिएको नीतिले शेयर बजारलाई प्रभावित पारिरहेको छ ।

सोमबार नेप्से सूचक २५.४१ अंकले सुधार भएर २७१८ अंकमा रोकिएको छ । शेयर बजारमा सुधार हुँदा १५४ वटा कम्पनीको मूल्य बढेको छ । सर्वाधिक धेरै बढ्ने क्रममा युनाइटेड इदी मार्दी र गुराँस लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सम्पुर्ण सूचक बढ्दा सर्वाधिक धेरै जलविद्युत कम्पनीको सूचक ७२ अंकले बढेको छ । एमसीसी परियोजनाले जलविद्युत कम्पनीहरुलाई राम्रो फाइदा पुर्याउने हल्लाले शेयर बजारमा यस्ता कम्पनीको मूल्यमा उल्लेख्य सुधार भइरहेको छ ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.२४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन एनटिसी शीर्ष स्थानमा रहेको छ भने जीवन विकास लघुवित्त दोस्रो स्थानमा रहेको छ। यी दुबै कम्पनीको यस दिन २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago