राजीनिक समिकरणमा केहि परिवर्तन हुने चर्चा सँगै आज नेप्से सूचक २५.४१ अंकले सुधार

काठमाडौं । राजनीतिक उचार चढाव सँग सँगै शेयर बजारमा पनि तिव्र उतार चढाव देखिएको छ । आइतबार एमसीसी संसदमा टेबल भए पनि प्रतिपक्षी तथा अन्य दलले गरेको चर्को विरोध पछि शेयर बजार ३९ अंकले घटेको थियो । तर सोमबार नेकपा एमालेले एमसीसी पारितका लागि सरकारलाई सघाउने र राजीनिक समिकरणमा केहि परिवर्तन हुने चर्चा सँगै आज नेप्से सूचक २५.४१ अंकले सुधार देखिएको छ ।

पछिल्लो समय राजनीतिक मुद्दा नै शेयर बजार उतार चढावको कारण बन्न थालेको छ । आम जनताले एमसीसीको विरोध गर्दै गर्दा यसको पारित हुने समाचारले भने शेयर बजारलाई उचालिरहेको छ । बैंकिङ तरलता अभावले चरम रुप लिदा पनि शेयर बजारलाई भने राजनीतिक मुद्दाले प्रभाव पार्न थालेको छ ।

नेपाल राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक समिक्षाका क्रममा मार्जीन प्रकृतिको शेयर धितोकर्जा लगायतका कर्जामा कडाइ गर्ने नीति लिए पनि यसको ठुलो असर शेयर बजारमा देखिएन । बरु सरकारले एमसीसी पारित गर्नका लागि लिएको नीतिले शेयर बजारलाई प्रभावित पारिरहेको छ ।

सोमबार नेप्से सूचक २५.४१ अंकले सुधार भएर २७१८ अंकमा रोकिएको छ । शेयर बजारमा सुधार हुँदा १५४ वटा कम्पनीको मूल्य बढेको छ । सर्वाधिक धेरै बढ्ने क्रममा युनाइटेड इदी मार्दी र गुराँस लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सम्पुर्ण सूचक बढ्दा सर्वाधिक धेरै जलविद्युत कम्पनीको सूचक ७२ अंकले बढेको छ । एमसीसी परियोजनाले जलविद्युत कम्पनीहरुलाई राम्रो फाइदा पुर्याउने हल्लाले शेयर बजारमा यस्ता कम्पनीको मूल्यमा उल्लेख्य सुधार भइरहेको छ ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.२४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन एनटिसी शीर्ष स्थानमा रहेको छ भने जीवन विकास लघुवित्त दोस्रो स्थानमा रहेको छ। यी दुबै कम्पनीको यस दिन २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago