एन आई सी एशिया बैंकको नाफा रु.२.४ अर्ब बढेसंगै सेयरमा उछाल आउदै!

एन आई सी एशिया बैंक लिमिटेड (NICA) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.२.४० अर्ब खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा १६.५७% ले बढि रहेको छ। खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि रु.३५.६४ बाट बढेर रु.४१.५४ कायम हुन आएको छ।

व्याज आम्दानीमा ४३.२३% को वृद्धि, खुद व्याज आम्दानीमा ३२.८१% को वृद्धि, कुल संचालन आयमा २७.५५% को वृद्धि तथा संचालन नाफामा १२.५९% को वृद्धिले गर्दा कम्पनीको खुद नाफा बढेको हो।

रु.११.५६ अर्ब चुक्ता पूंजी रहेको बैंकको जगेडा तथा कोष ५०.६१% ले वृद्धि भएर रु.११.५५ अर्ब पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ९९.८९% रहेको छ। यस्तै, बैंकको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.२३.११ अर्ब कायम भएको छ। शेयरधनीकोष बढेसँगै कम्पनीको प्रति शेयर किताबी मुल्य रु.१६६.३२ बाट बढेर रु.१९९.८८ कायम हुन आएको छ।

त्यस्तै, बैंकको व्यवसायमा राम्रो वृद्धि देखिएको छ। बैंकले दोश्रो त्रैमास सम्ममा ग्राहकहरु बाट रु.२९४.९४ अर्ब निक्षेप संकलन गरी रु.२७२.५० अर्ब कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश १०.०१% र १७.२७% ले बढेको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago